२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

एनआईसी एशिया बैंकले ल्यायो सम्पत्ति लिलाम पोर्टल

Nada
२०८१ भदौ १४ गते २२:१७
Shares
एनआईसी एशिया बैंकले ल्यायो सम्पत्ति लिलाम पोर्टल

काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्री पोर्टल संचालनमा ल्याएको छ । बैकको नाममा रहेका गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्ति लिलाममार्फत् बिक्री गर्नलाई यस पोर्टल ल्याइएको बैंकले जनाएको छ ।

ncell

बैंककाअनुसार सो पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरुको बारे जानकारी प्राप्त हुनेछ । जसमा ग्राहकको सहजताका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी आउने पोर्टल भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरुको कित्ता नम्बर तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरु एकै ठाउँबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ । पोर्टलमा अब नियमित रुपमा बैंकिङ सम्पत्ति, गैर बैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम बिक्रीमा रहेको सम्पत्ति लिलाम विक्री सम्बन्धी सूचनाहरु प्रकाशित हुने बैंकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर