२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

उत्सवयोग्य उपलब्धि

ADV
२०८१ भदौ १६ गते ०६:३५
उत्सवयोग्य उपलब्धि

शुक्रबार राति पेरिस पाराओलम्पिकमा नेपालकी पलेशा गोवर्धनले कीर्तिमानी कांस्य पदक जितेकी छन् । पलेशाले जितेको यो पदक नेपालले अहिलेसम्म जितेको सवैभन्दा ठूलो उपाधि हो । पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनिको विधामा कीर्तिमानी कांस्य पदक जितेकी हुन् । उनले कीर्तिमानी जित निकाल्दा सर्बियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गरेकी थिइन् । पलेशाको जितसँगै ओलम्पिकमा नेपाल सहभागी मात्र हुने देशको प्रवृत्ति तोडिएको छ । पलेशाले पदक जित्नु अघिसम्म नेपालले ६ दशकदेखि ओलम्पिकमा सहभागिता मात्र जनाउने गरेको थियो । ओलम्पिक नेपालका पदाधिकारीहरु आफैले पनि उपाधि जित्न नसकिने स्वीकार्ने गरेका थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा यसपटक पनि पदक जित्न कठिन रहेकाले सहभागितामै चित्त बुझाउने नियतिमा रहेको प्रतिक्रिया दिएका थिए । 

तर पलेशाले नेपालको नियति बदलेकी छन् । यसअघि तेक्वान्दोमा विधान लामाले जितेको अनअफिसियल कांस्य पदकको कीर्तिमानमा थप खुशी दिएकी छन् । पलेशाले नेपाललाई दिएको खुशीको मानक उनले पाउने पुरस्कारको राशीबाटै थाहा पाउन सकिन्छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार पलेशाले ६५ लाख पुरस्कार पाउनेछिन् । यो नियमावली अनुसार ओलम्पिक खेल, ग्रीष्मकालीन÷शीतकालीन÷पारा÷विशेष तथा विश्वकप फुटबलमा कांस्य जित्ने खेलाडीले ६५ लाख पाउनेछन् । रजत जित्नेले ९७ लाख र स्वर्ण विजेताले एक करोड ३० लाख पाउनेछन् । पलेशाकी प्रशिक्षक कविराज नेगी लामाले ५ लाख र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार पुरस्कार पाउनेछन् । 

प्रधानमन्त्री केपी शर्मा आली सहित शीर्ष नेताहरुले शनिबार सामाजिक सञ्जालबाट पलेशालाई बधाइ दिएका छन् । खेल र अरु क्षेत्रमा आवद्धहरुले पनि पलेशाको कीर्तिमानी जितमा खुशीयाली मनाएका छन् । पलेशाको उपलब्धि उत्सवयोग्य नै हुन् । किनकि उनले संसारभर पदक मार्फत् नेपाल चिनाउने काम गरेकी छन् । तर राज्यका नेतृत्वमा रहनेहरुको दायित्व भने उत्सव मनाउने र बधाइ लेख्नेले मात्र पुग्दैन । पलेशाले खोलेको बाटोमा अरुलाई पु¥याउने बातावरण सिर्जना गर्नु राज्यको मूल चुनौती हो । त्यसका निम्ति खेल क्षेत्रमा लाग्नेहरुको भविष्य सुनिश्चित गरिनुपर्छ । भौतिक पूर्वाधारको विकास महत्वपूर्ण हो । भौतिक पूर्वाधार र खेलाडीको भविष्य भन्दा बढी आवश्यक कुरा खेल मनोविज्ञान हो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise