सन्ध्या अर्याल/मध्यान्ह
दोहा, कतार : नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतहासिक सफलता हात पारेको छ । गत मंगलबार अर्थात नोभम्बर १६ देखि सुरु भई लगातार तीन दिनसम्म भएको तीनवटै खेलमा कतारलाई पराजित गरी नेपाली क्रिकेट टोलीले पहिलो अन्तर्राष्ट्रिय टी २० क्रीकेट श्रृङखला आफ्नो पक्षमा पार्दै ऐतिहासिक सफलता हात पारेको हो ।
कतारस्थित एसियाना टाउन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेल दुई देशीय मैत्री पूर्ण खेल हो। उक्त टोलीलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले एक कार्यक्रमबीच बधाई तथा सम्मान गरेको छ ।
खेलको अन्तिम दिन विहीबार संघले दोहास्थित होटल हायात रिजेन्सीमा संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्व एवं टिम व्यवस्थापक तथा क्रिकेट एशोसियसन अफ नेपाल (क्यान)का बोर्ड सदस्य जयन्ती भट्टको विशिष्ठ आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न गरेको थियो ।
गैरअवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् मध्यपूर्व संयोजक प्रवीण गुरुङ, प्रमुख प्रशिक्षक जगत टमाटा, क्रिकेट म्यानेजर विनोद दास, टिम क्याप्टेन रुविना क्षेत्री तथा पूर्व राष्ट्रिय खेलाडी राज मोहम्मदको विशेष आतिथ्यतामा रहेको कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ठ अतिथि तथा टिम म्यानेजर भट्टले यो ऐतिहासिक सफलताले मुलुकको शान बढेको र खेलाडीको मनोबल उच्च भएको भन्दै थप सफलताका लागि आफूले आवश्यक प्रशिक्षण तथा थप सेवा सुविधा व्यवस्थापनका लागि पहल गर्ने बताइन् ।
टिम क्याप्टेन क्षेत्री तथा प्रमुख प्रशिक्षक टमाटाले निकै उत्साहित र प्रफूल्लीत मुद्रामा कार्यक्रमलाई सम्बोधन गर्दै कतारमा रहेका नेपालीहरुले मैदान मै उपस्थित भई हौसला दिनेदेखि प्रत्यक्ष अप्रत्यक्ष साथ समर्थन र सम्मान गरेको प्रति कृतज्ञता व्यक्त गरेका थिए ।
सम्बोधनका क्रममा क्याप्टेन र प्रशिक्षक द्धयले आफ्नो टिमलाई थप शसक्त र आक्रामक पार्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies