२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बजार अनुगमन हुन्छ, कारबाही हुँदैन

ADV
कुलेन्द्र शाही
२०८१ भदौ १८ गते ११:५७
बजार अनुगमन हुन्छ, कारबाही हुँदैन

सुर्खेत : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८०/०८१ मा करिब ५ सय बढी पटक बजार अनुगमन गरेको छ । कार्यालयले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ५ सय ३५ पटक बजार अनुगमन गरेको जानकारी दिएको छ ।  

सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट सो आवमा गरिएको अनुगमन तथा संकलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा २४ व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरेको हो । 

अनुगमनका क्रममा संकलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट गर्ने, म्याद गुज्रेको सामान बिक्री गर्नेलगायतका व्यवसायीविरुद्ध कारबाही गरिएको कार्यालयका सुचना अधिकारी पदम बरालले जानकारी दिए । उनका अनुसार तीन व्यवसायीविरुद्ध जिल्ला प्रशासन र एक व्यवसायीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । अनुगमनका क्रममा मापदण्ड नरहेकाअखाद्य तथा पेय पदार्थलगायतका सामान जफत गरी नष्ट गरिएको समेत उनले बताए ।

अनुगमन हुन्छ, कारबाही हुँदैन

नियन्त्रण कार्यालयले गत आर्थिक वर्षमा ५ सय ३५ पटक अनुगमन गर्दा जम्मा २४ जनालाई मात्रै कारबाही गरेको छ । अनुगमनका क्रममा प्राय: पसलमा कैफियत देखिएको हुन्छ । तर कार्यालयले सम्झाइ बुझाइ गरेर छोड्ने गरेको छ । त्यसको प्रत्यक्ष असर उपभोक्ता तथा आम नागरिकलाई पर्ने गरेको छ । मासु पसल वरपर फोहोर र झिँगाका कारण मासु खानै नमिल्ने होटेलको समेत जथाभावि फोहोर हुँदा पनि नियन्त्रण कार्यालयले व्यवसायीलाई कारबाही नगरी छोड्ने गरेको छ । 

किराना पसलमा पनि म्याद नाघेका खाद्यवस्तुसँगै मूल्यसूची टाँसिएको नहुँदा पनि कार्यालयले कारबाही गर्न नसकेको उपभोक्ताको गुनासो छ ।  मासु पसलमा स्वच्छताको मापदण्ड पूरा नहुने मात्र होइन, कतिपयले पसलसमेत दर्ता नगरेको भेटिन्छ । मापदण्डविपरीतका खाद्यवस्तु बिक्री गर्नेको मनोबल झनै बढाएको उनीहरुको गुनासो छ । नियमित अनुगमन नहुँदा कालोबजारी गर्नेको मनोबल तथा अखाद्य वस्तुको बिक्री वितरण पनि बढ्ने उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । 

यता सुचना अधिकारी भने ५ सय ३५ पटक बजार अनुगमनमा २४ व्यवसायी कारबाहीमा पर्नु राम्रो भएको बताउँछन् । ‘हामीले नियमित अनुगमन गर्ने गरेका छौं,’ यो पटक अनगमनका क्रममा मापदण्ड पूरा नगरेका २४ व्यवसायीलाई कारबाहीविरुद्ध मुद्दा दायर गरेका छौं ।’ 

ADVADV

सम्बन्धित खबर

Advertise