२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

सरकार विभिन्न देशहरुसँग ‘घरेलु कामदारसम्बन्धी प्रोटोकल’मा हस्ताक्षर गर्ने गृहकार्यमा

draupadi film
२०८१ भदौ १९ गते ०६:३०
सरकार विभिन्न देशहरुसँग ‘घरेलु कामदारसम्बन्धी प्रोटोकल’मा हस्ताक्षर गर्ने गृहकार्यमा

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शतरसिंह भण्डारीले घरेलु महिला कामदारहरुलाई वैदेशिक रोजगारमा सहजीकरण गर्न विभिन्न देशहरुसँग ‘घरेलु कामदारसम्बन्धी प्रोटोकल’मा हस्ताक्षर गर्ने गृहकार्य भइरहेको बताएका छन् । 

संसदमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भण्डारीले महिला कामदारको रोजगारीको अधिकारलाई कार्यान्वयन गर्न श्रम सम्झौता भएका मुलुकसँग छुट्टै प्रोटोकलबारे छलफल चलिरहेको बताए । हाल कतार, यूएई र साउदी अरबलगायतका मुलुकसँग त्यस विषयमा छलफल भइरहेको मन्त्रालयले बताउँदै आएको छ । त्यसमध्ये साउदी अरेबियाले अनिवार्यरुपमा घरेलुु कामदारको सम्झौता गर्न चाहेको बताइएको छ ।

संसदीय समितिको निर्देशनका कारण घरेलु काममा जाने र विदेश पुगेका महिला कामदारको श्रम स्वीकृति र पुनः श्रम स्वीकृति बन्द छ । त्यसका कारणले कतिपय महिला बिदामा घर फर्किन र परिवारसँग पुनर्मिलन, सन्तान प्राप्तिजस्ता आधारभूत अधिकारबाट समेत बञ्चित रहेका छन् ।

मन्त्री भण्डारीले महिला कामदारहरुको अधिकार र अन्य पक्ष सुरक्षित बनाउने गरी यसअघि  संसदीय समितिहरुले दिएका निर्देशनहरुको आधारमा छलफल भइरहेको जवाफमा उल्लेख गरेका छन् ।

श्रम स्वीकृति लिएर संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत जाने महिला कामदाहरुको हकमा श्रम सम्झौता विपरीतका कार्यहरु भएमा म्यानपावर कम्पनीलाई जिम्मेवार बनाइरहेको भन्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारमा जाने महिला कामदारका सम्बन्धमा मन्त्रालय अत्यन्तै संवेदनशील रहेको बताए । 

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले वैदेशिक रोजगारमा रहेका कामदारको सुरक्षाबारे मन्त्री भण्डारीलाई लिखित प्रश्न सोधेका थिए । जवाफमा मन्त्री भण्डारीले वैदेशिक रोजगारका क्रममा समस्यामा परेका कामदारहरुको समस्या समाधानका लागि सम्बन्धित देशमा रहेकोे नेपाली दूतावासमार्फत राहत तथा उद्धार भइरहेको बताए । मन्त्री भण्डारीले २४ घण्टा नै सञ्चालन हुने कल सेन्टरमा उजुरी र गुनासो लिनेदेखि वैदेशिक रोजगारका क्रममा स्वदेशमा समस्यामा पर्नेहरुको सहायताका लागि सुरक्षाकर्मीसहित ¥यापिड रेस्पोन्स टिम खडा गरिएको बताए । 

मन्त्री भण्डारीले वैदेशिक रोजगारमा जान चाहने महिलाहरुका लागि पूर्वप्रस्थान अभिमुखीकरण तालिम निःशुल्क दिने व्यवस्था मिलाइएको भन्दै ठगी उजुरीमा वैदेशिक रोजगार विभागले गुनासाका प्रकृतिका आधारमा पक्राउ पुर्जी जारी गरेर कानूनी कारबाही भइरहेको जानकारी दिए ।ग

त चैतसम्म ४ हजार ८ सय ५७ वटा उजुरी परेको र तीमध्ये २ हजार ४ सय १४ उजुरीमा पीडितलाई क्षतिपूर्ति दिइ फरफारक गरिएको जानकारी दिँदै मन्त्री भण्डारीले वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी निरन्तर बढेको र ठगी प्रमाणित हुने, प्रमाण नहुने अवस्था देखिएको  जानकारी दिए । मन्त्री भण्डारीले गत वर्ष भएको श्रम स्वीकृतिका आधारमा हाल सरदार दैनिक २ हजार १ सय १३ जना वैदेशिक रोजगारीमा गइरहेको बताए ।

अनुमति प्राप्त श्रम गन्तव्य मुलुकमा जुनसुकै भिसाबाट गएर काम गरिरहेका नेपालीलाई गत २०२४ मे ३० तारिकसम्म विदेशस्थित नेपाली कूटनीतिक नियोगमार्फत एक पटकका लागि  वैधानिकीकरण गरी श्रम स्वीकृति दिने गरिएको बताए । त्यसरी श्रम स्वीकृति पाउनेले वैदेशिक रोजगार बोर्ड र बीमा कम्पनीले दिने सुविधा पाउनेछन् ।

मन्त्री भण्डारीले स्वदेशमा रोजगारी सिर्जनाका लागि २०८१ देखि २०९० सम्म आन्तरिक रोजगारी अभियान दशक घोषणा गरी काम भइरहेको र सोहीअनुसार केही महिनाअघि सात वटै प्रदेशमा श्रमाधान रोजगार मेला सञ्चालन गरिएको जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise