२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

संवैधानिक परिषद्‍मा बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन खोजियो : रास्वपा

ADV
मध्यान्ह
२०८१ भदौ २५ गते १३:५२
संवैधानिक परिषद्‍मा बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन खोजियो : रास्वपा

काठमाडौं : सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउन प्रस्ताव लैजाने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । 

प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने प्रस्ताव लैजाने कुरा अलोकतान्त्रिक भएको बताए ।

उपसभामुख हटाउने विषयमा राजनीतिक दलहरूले छलफल गर्नु बेठिक भएको बताए । उपसभामुखलाई महाअभियोग लगाउने जस्तो कुरामा राजनीतिक पार्टीहरु बसेर छलफल गर्ने कुरा लोकतन्त्रका लागि कहिले पनि मान्य नहुने उनको भनाइ थियो ।

सांसद परियारले संवैधानिक परिषद्‍मा सत्तापक्षको बहुमत पुग्दैन भन्ने नाममा उपसभामुखलाई हटाउन खोजिनु लोकतान्त्रिक हुन नसक्ने बताए ।

लोकतन्त्रलाई सल्लाह गरेर मारिने हो भने जनता लोकतन्त्रको लागि सडकमा आउने उनले बताए । युवा पुस्तालाई प्रतिबन्ध लगाउने लोकतन्त्रलाई हरण गर्ने हो भने आफूले खनेको खाल्डोमा आफैँ पर्ने चेतावनी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise