२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बागमती नगरपालिकाकी उपमेयर माेक्तान पनि निलम्बित, काे हाेला अब कार्यबाहक मेयर ?

ADV
लक्ष्मण यादव
२०८१ जेठ ३० गते १२:०७
बागमती नगरपालिकाकी उपमेयर माेक्तान पनि निलम्बित, काे हाेला अब कार्यबाहक मेयर ?

सर्लाही : अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै सर्लाहीकाे बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी माेक्तान पनि निलम्बनमा परेकी छिन् ।

यसअघि २०८० चैत २८ गते अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै मेयर भरत कुमार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उपमेयर माेक्तानले कार्यबाहक मेयरकाे रुपमा जिम्मेवारी सम्हालेकी थिइन् । तर मंगलबार मेयर थापासँगै नगरपालिकाकी उपमेयर माेक्तान, तत्कालीन निमित्त प्रमुख प्रशासकीय विमल पाेखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पाेखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चाैधरीविरुद्धसमेत अख्तियारले 'भरत ताल'काे रुपमा चर्चित बागमती माछा पाेखरी निर्माण कार्यमा भ्रटाचार गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेकाे छ ।

मंगलबार अख्तियारकाे मुद्दासँगै बागमती नगरपालिकाकी कार्यबाहक मेयरकाे जिम्मेवारी सम्हालेकी उपमेयर माेक्तानसमेत निलम्बनमा परिन् । अब बागमती नगरपालिकामा १२ वटा वडाका अध्यक्षहरु मध्येबाट एक जनाले कार्यबाहक मेयरकाे जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएकाे छ ।

तर स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा मेयर/उपमेयर वा अध्यक्ष/उपाध्यक्ष नै निलम्बनमा परेकाे अवस्थामा पालिकाकाे कार्यबाहक मेयर/उपमेयर वा अध्यक्ष/उपाध्यक्षकाे जिम्मेवारी कसले सम्हाल्ने भन्ने व्यवस्था नै छैन । अब बस्ने मन्त्रिपरिषद्काे बैठकले यस विषयमा निर्णय गरेर बाटाे खाेल्ने भन्ने अनाैपचारिक जानकारी आफूले पाएकाे बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए । 

निर्वाचित वडाध्यक्षहरु मध्येबाट सहमतिमा कार्यबाहक मेयरकाे जिम्मेवारी ताेक्ने वा सहमति हुन नसके वडाध्यक्षहरुकै मतदानबाट ताेक्ने गरी व्यवस्था मिलाउने बारेमासमेत मन्त्रिपरिषद्‍बाट निर्णय हुन सक्ने जानकारहरुले बताएका छन् । ज्येष्ठ वडाध्यक्षलाई स्वतः कार्यबाहक मेयरकाे जिम्मेवारी दिने व्यवस्था हुँदा पालिकाकाे नेतृत्व सक्षम जनप्रतिनिधिकाे हातमा नपर्न सक्ने सम्भावना अधिक भएकाले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने गरी निकास आउनुपर्ने जानकारहरुकाे भनाइ छ । यदि ज्येष्ठ वडाध्यक्षलाई नै जिम्मेवारी दिने व्यवस्था भएमा वडा नम्बर ४ का वडाध्यक्ष ६४ वर्षीय कृष्ण बहादुर लामा कार्यबाहक मेयरकाे जिम्मेवारीमा हुने छन् ।

बागमती नगरपालिकाका अधिकांश वडाध्यक्षहरु पनि अख्तियारमा उजुरी परेका कारण निरन्तर बयान दिन गइरहेका छन् । वडा नम्बर २, ६, ८ र ९ नम्बरका बाहेक अन्य ८ वटा वडामा २०७४ सालकै वडाध्यक्षहरु २०७९ मा पुनः निर्वाचित भएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise