२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

राजपुर नगरमा हैजाका बिरामी बढे

ADV
इसत्याक अहमद
२०८१ असोज ४ गते २०:४०
राजपुर नगरमा हैजाका बिरामी बढे

रौतहट : रौतहटको राजपुर नगरपालिकामा हैजाका बिरामी बढेका छन् । नगरपालिकाको वडा नम्वर ४ मा एकै पटक आठदेखि १० जना हैजाका बिरामी भेटिएका छन् । राजपुरमा २५ देखि ३० जनामा  हैजाको संक्रमण देखिएको छ । 

मौसम र खानपानको कारण अचानक हैजा देखापर्न थालेको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

राजपुर नगरपालिकाका नगर प्रमुख डाक्टर राजीक आलम बाहिर भएपनि उनले फोन गरेर राजपुर स्वास्थ्य शाखालाई बिरामीको उपचार, रोकथाममा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । 

प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले हैजाका बिरामीहरुको उपचार गर्न जुटेका छन्। बिरामीहरुको स्वास्थ्य निको पार्न कुनै कसर बाँकी नराक्न स्वास्थ्यकर्मीलाई  नि. प्रमुख खुर्सीद आलमले पनि  निर्देशन दिएका छन् ।

हैजाका बिरामीहरुको उपचार भइरहेको स्वास्थ्यकर्मी वसीम अखतर खाँनले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise