२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बंगुर र कुखरा पाललबाट मनग्य आम्दानी गर्दै दिलबहादुर

ADV
सुर्य प्रसाद भुसाल
२०८१ जेठ ३१ गते २१:१५
बंगुर र कुखरा पाललबाट मनग्य आम्दानी गर्दै दिलबहादुर

अर्घाखाँची : अर्घाखाँचीको सितगंगा–४ का दिलबहादुर गुरुङ बिगत १६ वर्षदेखि व्यावसायिक रुपमा बंगुर र कुखुरा पाल्दै आएका छन् । २०६५ सालमा २० हजार मात्र लगानी गरेर दुई वटा बंगुरबाट सुरु भएको उनको बंगुरपालन व्यवसाय अहिले वार्षिक ५० लाखसम्म आम्दानी गर्नेमा पुगेको छ ।

दुई वटा बंगुरबाट व्यवसाय सुरु गरेका गुरुङले राम्रो आम्दानी हुन थालेपछि बंगुरका पाठापाठी थप्दै गएका थिए । अहिले उनको फर्ममा विभिन्न जातका २ दर्जन बंगुर छन् । गुरुङले बंगुरसँगै कखुरापालन व्यवसायलाई पनि अगाडि बढाएका छन् ।

‘सुरुमा बंगुर पालन गर्न त साह्रै गाह्रो भयो, फोहोर बढी गर्ने भएकाले घिन समेत लाग्ने गरेको थियो तर, अहिले बानी परेको छ, आम्दानी समेत राम्रै हुन थालेपछि जाँगर समेत आउने रहेछ’, गुरुङले भने । उनकाअनुसार बंगुर, कुखुरा दाना चल्ला बजारीकरणका लागि खासै समस्या छैन । फर्मबाटै साना बंगुरका पाठापाठी पाँच हजार रुपैयाँसम्ममा बिक्री हुन्छ । गुरुङले बंगुर पालन व्यवसायलाई अझै विस्तार र व्यवस्थित गर्ने सोच बनाएको बताएका छन् ।

फर्म नजिकै बजार भएकाले होटलबाट निस्कने खानालाई बंगुरको दानाको लागि गुरुङले संकलन गर्ने गर्छन् । उनले अहिले फर्म हेर्नेका लागि कर्मचारी समेत राखेका छन् । सानो लगानी तथा प्रयासबाट स्वरोजगार, घरपरिवारसाथ गाँउमै बस्न पाउँदा सन्तुष्ट रहेको गुरुङले बताए । वर्षको चार पटकसम्म ब्याउने बंगुरले एक पटकमा १२ देखि १६ वटासम्म जन्माउने भएकोले काम गर्न सक्ने हो भने राम्रो आम्दानी गर्न सकिने गुरुङको भनाइ छ । 

उनले बंगुर र कुखुराको लागि दाना, चल्ला, ब्रोईलर कुखुरा, तरकारीको होलसेल व्यवसाय समेत गर्दै आएका छन । व्यवसायको साथसाथै उनी  सामाजिक काममा उत्तिकै सक्रिय छन् । समाजसेवासँगै राजनीतिमा रुची राख्ने गुरुङले आफ्नो व्यवसायलाई व्यवस्थित गर्दै समाजको विकास निर्माणमा पनि सक्रिय सहभागिता जनाउने गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise