काठमाडौं : विश्वकप फुटबलको दोस्रो चरणको छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज चाईनिज ताईपेईसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीविचको खेल ताईपेईको घरेलु मैदानमा अपरान्ह ४ बजेर ५५ मिनेटमा हुनेछ । ताईपेईविरुद्ध नेपाली टोली किरण चेम्जोङकै कप्तानीमा मैदान उत्रनेछ । पहिलो खेलमा पराजित दुबै टोली आज पहिलो जितको खोजीमा हुनेछन् ।
पहिलो खेलमा नेपाल कुवेतसँग तथा चाईनिज ताईपेई जोर्डनसँग पराजित भएको थियो । यसअघि जेठमा भएको मैत्रीपुर्ण खेलमा दुबै टिमले एक–एक गोलको बराबरी खेलेका थिए । फिफा बरियतामा ताइपेइ १ सय २५ र नेपाल १ सय ६६ औं स्थानमा रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies