२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

पाँच मुक्तक

Nada
२०८१ असार १ गते ०६:३०
Shares
पाँच मुक्तक

–जमुना कायस्थ

ncell

१
जीवनमा सद्गुण आकलन गरेको छु
सबै सिद्ध मार्ग मैले पालन गरेको छु 
धार्मिक न्यायपूर्ण आचरण सिमा भित्र 
मैले सकेको सुसमाचार पन छरेको छु ।।

२
विधिको विधान नम्रतामा छानेको छु
कर्मठ योद्धा तयार हुन नि जानेको छु
अहंकारी ले थिचोमिचो गर्न नपाउन
निधीको दायरा सिद्धान्त मानेको छु ।।

३
मेरा आँखा चहकिला नगर्न सक्छ
प्रभुमा समर्पित भएर ठहर्न  सक्छ 
धार्मिक प्रतिज्ञा को प्रतीक्षा गर्दा गर्दै
मेरा भाषा गहकिला भै सर्न सक्छ ।।

४
प्रभुको समर्पणमा दास हुँ
आस्थाको विरुद्ध नास हुँ
व्यवस्था भंग गर्नेलाई फण
शत्रुको लागि सधैँ खास हुँ ।।

५
बेला भएको छ जस्तो लाग्छ अब
हेर्न झुटा ढलेको कस्तो लाग्छ अब
दुःखदायी क्षेत्रमा लड्खडाउने सबै 
खेला गएको छ सस्तो लाग्छ अब ।।

ताजा खबर

सम्बन्धित खबर