२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

असोजमा विदेशिए साढे ५३ हजार कामदार 

ADV
मध्यान्ह
२०८१ कार्तिक १ गते २३:०५
असोजमा विदेशिए साढे ५३ हजार कामदार 

काठमाडौं : असोज, कात्तिक नेपालीका चाडपर्वका महिना भएपनि  वैदेशिक रोजगारमा जाने क्रम अघिल्ला महिनाजस्तै यथावत् देखिएको छ । दशैं पर्व परेका कारण असोज महिनामा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या भदौको तुलनामा केही घटेको छ । तर उल्लेख्य संख्यामा घटेको छैन ।

वैदेशिक रोजगार विभागको मासिक प्रगति विवरणअनुसार असोज महिनामा  ५३ हजार ५२५ नेपाली युवायुवती  वैदेशिक रोजगारीका लागि गएका छन् । त्यसमा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला रहेका छन् ।

असोजमा म्यानपावर कम्पनी मार्फत २४ हजार  ३ सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् भने व्यक्तिगत नयाँ ८ हजार ९ सय ३८ जनाले श्रम स्वीकृति लिएका छन् । पुनः श्रम स्वीकृति लिनेहरु भमे १९ हजार ३ सय ५६ जना रहेका छन् ।सबै  प्रक्रियाबाट असोजमा  ५३ हजार ५ सय २५ जनाले श्रम स्वीकृति लिएका छन् ।

गतबर्ष असोजमा ३१ हजार ३ सय ६८ जनाले  श्रम स्वीकृति लिएका थिए । विभागको तथ्यांक अनुसार असोजमा अघिल्ला महिनाहरूमा जस्तै  युएई जानेको संख्या सबैभन्दा बढी छ । असोजमा १७ हजार नेपाली रोजगारी खोज्दै उक्त मुलुक गएका छन् । त्यसमा  म्यानपावर कम्पनीमार्फत जानेको संख्या ११ हजार ४ सय २४ छ । 

दोस्रो मूख्य गन्तब्यको रुपमा साउदी अरेबिया रहेको छ । असोजमा साउदीमा १० हजार जना गएकोमा उक्त मुलुकमा म्यानपावरमार्फत ६ हजार २३ जना गएका छन् । ९ हजार ७ सय जना गएको कतारमा म्यानपावर कम्पनीमार्फत जम्मा २ हजार ९ सय जनाको श्रम स्वीकृति भएको छ ।

कुवेतमा ३ हजार ८ सय जना नेपाली रोजगारीका लागि गएका छन् । त्यसमा म्यानपावर कम्पनीमार्फत जानेको संख्या २ हजार ४ सय ८ जना गएका छन् । असोजमा जापान १ हजार ४ सय ५६ जनाको श्रम स्वीकृति भएको छ। त्यसमा म्यानपावर कम्पनीले ७५ जना पठाएका छन् । जीटुजी मार्फत जाने दक्षिण कोरियामा १ हजार १ सय ६ जनाको श्रम स्वीकृति भएको छ ।

युरोपेली देश रोमानियामा २ हजार २ सय जना, ओमानमा २ सय ७२ जना, क्रोएसियामा ७ सय ८३ जना, साइप्रसमा ४ सय ८५ जना गएकोमा म्यानपावर मार्फत  ४ सय २३ जना, जोर्डनका लागि १ सय ७ जना, मलेसिया ४३ जना र मरिससमा ८७ जना गएका छन् । मलेसियामा नयाँ एप्रुभल नखुल्दा नेपाली जानेक्रम घटेको हो । कतारमा होटल क्षेत्रको अकुपेन्सी बढेपनि विश्वकप फुटबल पछि नयाँ रोजगारी सिर्जना हुन नसकेको बताइएको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise