२०८२ साउन १९ गते सोमवार / Aug 04 , 2025 , Monday
२०८२ साउन १९ गते सोमवार
Ads

माओवादीको घोषणा : विकृति र विसंगतिविरुद्ध अब फेरि एक पटक आन्दोलन

shivam cement
मध्यान्ह
२०८२ साउन १९ गते १५:२१
माओवादीको घोषणा : विकृति र विसंगतिविरुद्ध अब फेरि एक पटक आन्दोलन

काठमाडौं : नेकपा माओवादी केन्द्रले एक पटक फेरि आन्दोलन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पुनः एक पटक विसंगतिका विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले फेरि एक पटक जनतामा जाने र देशमा देखापरेका विसंगतिका निम्ति आन्दोलन गर्ने निर्णय भएको बताए । उनले पार्टी एकताबद्ध रहेको र अबदेखि अझ सुदृढ एकताका साथ सबैले गुटबन्दीको अन्त्य गर्ने सामूहिक संकल्प लिएको बताए । 

अध्यक्ष प्रचण्डले भने, ‘देशको लोकतान्त्रिक आन्दोलनको सुदृढीकरण, लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति हाम्रो पार्टी, जसले यो परिवर्तनमा सबैभन्दा महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्यो । यसलाई एकताबद्ध गर्ने चुनौती हाम्रो अघि थियो । यसलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौं । पार्टी एकताबद्ध भएको छ । हामीले सामूहिक प्रतिबद्धता गरेका छौं । अबदेखि अझ सुदृढ एकताका साथ, सबैखाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने संकल्प लिएका छौं । फेरि एक पटक जनतामा जाने र देशमा देखापरेका विसंगतिका निम्ति आन्दोलन गर्ने निर्णय भएको छ ।’

अध्यक्ष प्रचण्डले कुलिङ पिरियड छेडखानीका दोषीलाई कारबाही गर्नेगरी समितिले प्रतिवेदन ल्याउने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise