२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

Nada
२०८२ साउन १९ गते १५:०१
Shares
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौंः बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका–१ गागालफेदी बस्ने ललितपुर महालक्ष्मी नगरपालिका–५ लुभु घर भएका ६० वर्षीय जनक राउत र भक्तपुर चुँनारायण नगरपालिका–७ कमलबिनायक बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–१ घर भएका ३५ वर्षीय गणेश तामाङ रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०७५ असार २४ गतेको फैसलाले उक्त मुद्दामा २५ लाख रूपैयाँ जरिवाना र १ महिना कैद सजाय ठहर भएकोमा उक्त फैसला उपर पुनरावेदन परी सर्वोच्च अदालतबाट २०८१ असार २४ गते सुरु अदालतको फैसला सदर हुने ठहर गरी फैसला भइ फरार रहेका जनकलाई गोकर्णेश्वर नगरपालिका–१ बिपि चोकबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति प्राप्त भइ फरार रहेका गणेशलाई भक्तपुर नगरपालिका–१० बाट प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ मध्ये जनकलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ भने गणेशलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

uae

सम्बन्धित खबर