२०८२ साउन १९ गते सोमवार / Aug 04 , 2025 , Monday
२०८२ साउन १९ गते सोमवार
Ads

पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ

shivam cement
मध्यान्ह
२०८२ साउन १९ गते १५:२५
पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ

जनकपुरधामः पछिल्ला तीन दिनदेखि लगातारको वर्षाका कारण ढिलो भए पनि मधेस प्रदेशका किसानहरुले धान रोपाइँ सुरु गरेका छन् । पानीको अभावमा मधेस प्रदेशमा साउनको दोस्रो हप्तासम्म ५० प्रतिशत पनि धान रोपाइँ नभएकामा पानी परेपछि रोपाइँ ६३ प्रतिशत पुगेको मधेस प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । 

पानी परेपछि देशको प्रदेशका आठवटै जिल्लामा धमाधम धान रोपाइँ भइरहेको निर्देशनालय वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले बताए । उनका अनुसार बारा र पर्सामा धान रोपाइँ सकिएको छ भने अन्य जिल्लामा धान रोपाइँ धमाधम भइरहेको छ । 

लामो समयदेखि पानी पर्न नसक्दा प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । त्यसपछि प्रदेश सरकारले कृषिज्ञान केन्द्रमार्फत खेतीका लागि स्यालो ट्युबबेल वितरण सुरु गरेको छ । निर्देशनालयका अनुसार मधेस प्रदेशमा कूल तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

विगतमा साउनको दोस्रो हप्तासम्ममा धानको रोपाइँ सकिने भएपछि यसपटक पानी नपर्दा ढिलाइ भएको हो । मधेस प्रदेशका जिल्लाहरुमा नदी, नहर, डिप ट्युबबेल  बोरिङ तथा स्यालो ट्युबबेललगायत विभिन्न माध्यमबाट जमिनमा मात्र सिँचाइ सुविधा पुगेको तथा ६५ प्रतिशत खेतमा आकाशेपानीको भरमा धानखेती हुँदै आएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise