२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

रिक्रुट मि प्रा.लि.ले गर्‍यो धार्मिक विधिसहित कार्यालय शुभारम्भ

Nada
२०८२ साउन १८ गते ०६:१५
Shares
रिक्रुट मि प्रा.लि.ले गर्‍यो धार्मिक विधिसहित कार्यालय शुभारम्भ

ललितपुर : रिक्रुट मि प्रा.लि.ले धार्मिक विधिअनुसार रुद्री पुजा गरेर नयाँ कार्यालय उद्घाटन गरेको छ । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन साउन १ गते कै दिन  वैदेशिक रोजगार विभागबाट इजाजत लिएको उक्त प्रा.लि.ले ललितपुरको गुसिंगाल संकटामार्गमा कार्यालय सञ्चालन गरेको छ ।  

ncell

शनिबार कार्यालय उद्घाटनका साथै रुद्री पूजा गरिएको सञ्चालक अमित नेपालले जानकारी दिए । उक्त कम्पनीमा रमेश सापकोटा तथा कृष्ण हमाल पनि सञ्चालक रहेका छन् ।

विभिन्न म्यानपावर कम्पनीमा काम गरेर वैदेशिक रोजगारका क्षेत्रमा आफूहरूले लामो अनुभव हासिल गरेको भन्दै सञ्चालक नेपालले खाडी क्षेत्र अन्तर्गत यूएई, साउदी अरेबिया, कतारलगायतका मुलुकमा दक्ष तथा अदक्ष कामदारलाई आकर्षक तलबसहितको रोजगारी उपलब्ध गराउने लक्ष्य लिइएको बताए ।

वैदेशिक रोजगार क्षेत्रमा लामो अनुभव हासिल गरेका सञ्चालकहरूले ब्रदर्स ट्रान्सलेसन प्रा.लि. पनि सञ्चालन गरेका छन् । ब्रदर्स ट्रान्सलेसन नेपालस्थित साउदी अरेबियाको भाषा अनुवादका लागि सूचीकृत भएका आधा दर्जन कम्पनीमध्ये प्रमुख कम्पनी हो ।

ताजा खबर

सम्बन्धित खबर