तरुणा जोशी/मध्यान्ह
बझाङ : गाई मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नं ५ का २८ वर्षीय जनक आग्री रहेका छन् ।
गाई मारेको सुराक पाएपछि अस्थायी प्रहरी पोष्ट पाटादेवल र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आग्रीले खप्तडछान्ना गाउँपालिका–६ राजकोटका बल बहादुर सार्कीको गोठबाट गाई चोरेर लगेका थिए ।
ब्याउने गाई बाटोमा हिँड्न नसकेपछि वडा नं ५ को छात्राबस्टीमा नजिकै रहेको पुलमा चिर्पटले हिर्काएर मारेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका आग्रीमाथि भदौ ८ गते गाई चोरी गरी हत्या गरेको अभियोगमा भदौ ११ गते मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies