२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

लहान नगरपालिकामा जैविक खेती प्रवर्द्धन र किसानहरूको आयवृद्धिका लागि सामग्री वितरण

draupadi film
प्रदिप सिंह
२०८१ कार्तिक ९ गते १२:१२
लहान नगरपालिकामा जैविक खेती प्रवर्द्धन र किसानहरूको आयवृद्धिका लागि सामग्री वितरण

लहान : सिरहाको लहान नगरपालिका वडा नम्बर १५ का किसानहरूको आय वृद्धि गर्दै जैविक खेतीतर्फ प्रोत्साहन गर्न २ लाख रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरिएको छ। केयर नेपालको आर्थिक सहयोगमा आयोजित कृषि सामग्री वितरण कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ नेपालको नेतृत्व र सामुदायिक वन उपभोक्ता महासंघको सहकार्य रहेको थियो ।

सो अवसरमा नमुना कृषक समूह, डिदवार बाबा कृषक समूह र राजदेवी कृषक समूहका ६३ जना किसानहरूलाई विषादीमुक्त तरकारी खेतीका लागि ११ प्रकारका जैविक तरकारी बिउ, सिँचाइका लागि समर्सिबल मोटर, इलेक्ट्रिक स्प्रे मेसिन लगायतका सामग्रीहरू प्रदान गरिएको छ । वितरण सामग्रीहरूबाट किसानहरूलाई स्वस्थ तरकारी उत्पादन र आय वृद्धि गर्न मद्दत पुग्ने अपेक्षा राखिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले किसानहरूलाई समर्थन र सम्मान जनाउँदै कृषि क्षेत्रको समृद्धि नै नगरको समृद्धि भएको बताए । उनले नगरपालिकाबाट आगामी दिनमा पनि थप कृषि सामग्री वितरण र अति विपन्न किसानहरूलाई करार खेतीको व्यवस्थाका साथ विशेष सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उपप्रमुख राम चलितर महतोले किसानहरूको महत्वपूर्ण भूमिका र योगदानबिना नगरको दिगो विकास असम्भव रहेको बताउँदै किसानहरूको आयस्तर सुधार गर्न निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गरे । केयर नेपालका कार्यक्रम व्यवस्थापक जगदीश भट्टले यस्तो प्रकारको सहयोगले किसानहरूको उत्पादनमा सुधार आउने विश्वास व्यक्त गरे भने सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधि टेकेन्द्र साहले कृषि क्षेत्रमा सुधार ल्याउन सधैं सहयोग गरिरहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहभागी किसानहरूले निःशुल्क सामग्री पाएपछि खुसी व्यक्त गर्दै केयर नेपाल र राष्ट्रिय कृषक समूह महासंघलाई धन्यवाद दिए । उनीहरूले यस्ता सहयोगका कार्यक्रमहरूलाई निरन्तरता दिन आग्रह गरे ।

ADV

सम्बन्धित खबर

Advertise