२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

लहान बजारमा चाडपर्व विशेष किनमेल : फूल, मिठाई र फलफूल किन्नेको भिड

draupadi film
प्रदिप सिंह
२०८१ कार्तिक १५ गते ११:५८
लहान बजारमा चाडपर्व विशेष किनमेल : फूल, मिठाई र फलफूल किन्नेको भिड

लहान : सिरहा जिल्लाको लहान नगरपालिका वडा नं १ स्थित तरकारी बजारमा अहिले चाडपर्वको अवसरमा किनमेल गर्नेहरूको भिड लागेको छ। विभिन्न परिकारका लागि आवश्यक मिठाई, फूलमाला र फलफूलका साथै धार्मिक कार्यमा प्रयोग हुने सामग्रीहरूको खरिद बिक्रीले बजारमा चहलपहल बढाएको छ ।

एक फूल व्यापारीले भने, “यो चाडपर्वको समयमा हामीलाई राम्रो आम्दानी हुन्छ । फूल बेचेर नै हामी हाम्रो परिवार पाल्छौं ।”

सयपत्री फूलको माग विशेष गरेर बढेको छ, सयपत्री फूल प्रतिकेजी ५ सय रुपैयाँको दरले बिक्री भइरहेको छ । यस्तै, फलफूलमा स्याउको मूल्य प्रतिकेजी २०० देखि २५० रुपैयाँसम्म पुगेको  छ।

मिठाई परिकारमा बुनिया पनि लोकप्रिय बनेको छ, बुनिया प्रतिकेजी २४० रुपैयाँमा बिक्री भइरहेको छ । बजारका व्यापारीहरू सामान बेच्न व्यस्त छन् भने किनमेल गर्न आएका ग्राहकहरू आवश्यक सामानहरूको छनोटमा रमाइरहेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise