२०८१ मंसिर १७ गते सोमवार / Dec 02 , 2024 , Monday
२०८१ मंसिर १७ गते सोमवार

सडकपेटीका बजारले दुर्घटनाको जोखिम बढ्दै

ADV
प्रदिप सिंह
२०८१ कार्तिक १७ गते १९:५९
सडकपेटीका बजारले दुर्घटनाको जोखिम बढ्दै

लहान : सिरहाको गोलबजारमा सडकपेटीमै हाटबजार लाग्दा सवारी दुर्घटनाको जोखिम बढेको छ । हाटबजारका कारण सडकको पेटी सँगसँगै सडकको मुख्य भाग नै अतिक्रमण गरेर बजार राख्दा पैदलयात्री र सवारी चालकको यात्रालाई थप जोखिमपूर्ण बनाएको छ ।

 

स्थानीय बासिन्दाहरू प्रशासनको यसप्रतिको उदासीनताबाट चिन्तित र आक्रोशित छन् । दैनिकजसो हुने दुर्घटनाले यहाँको जनजीवनलाई भयावह बनाएको छ, तर सरोकारवाला निकाय, प्रहरी प्रशासन र स्थानीय सरकार यसबारे बेखबर झैँ मौन बसेका छन् ।

गोलबजार क्षेत्रका सडकमा पसल, ठेलागाडा र अन्य व्यवसाय सञ्चालन गर्दा पैदलयात्रीलाई हिँड्नै ठाउँ नहुने गरेको छ । एक मोटरसाइकल चालकले भने, “हाटबजारका कारण सडक साँघुरो भएर सवारी चलाउनै कठिन भएको छ । यसले गर्दा बिनाकारण जाममा परिन्छ र दुर्घटना पनि हुने खतरा रहन्छ ।”

यसरी सडकमा पसल थापेर हाटबजार सञ्चालन हुँदा न पैदलयात्रीहरू सुरक्षित छन्, न त सवारी चालक नै । नियमित रूपमा साना-ठूला दुर्घटनाहरू भइरहे पनि यसबारे प्रशासनले ध्यान नदिनु सरासर गैरजिम्मेवारी रहेको स्थानीय बताउँछन् । दुर्घटना न्यूनीकरणका लागि हाटबजारलाई उचित स्थानमा व्यवस्थापन गर्न अत्यावश्यक रहेको उनीहरुको भनाइ छ ।

स्थानीयहरूले प्रहरी प्रशासन र स्थानीय सरकारलाई सडक पेटीलाई खाली गराएर सवारी र पैदलयात्रीको सुरक्षित आवागमन सुनिश्चित गर्न आग्रह गरेका छन् । साथै उनीहरुले यस्ता अस्थायी बजारलाई निश्चित स्थानमा व्यवस्थित गर्नुपर्ने र तत्काल कदम चाल्नुपर्ने माग पनि गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise