वीरगन्ज : गरिमा विकास बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले गरे । स्याङ्जाको वालिङमा स्थापना भई निलगीरी विकास बै्रक, सुमेक्षा विकास बैंक र साहारा विकास बैकलाई एकीकृत गरी गरिमा बिकास बैंक बनेको हो ।
बैंकले अहिले १२४ वटा स्थानबाट सेवा प्रदान गरिरहेको छ । बैकको १८ औ वार्षिक उत्सवको अवसरमा वीरगन्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यकममा १५ जना महिला तथा ५० जना पुरुष गरी ६५ जनाले रक्तदान गरे ।
रक्तदान गर्ने दाताहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । वार्षिक उत्सवको अवसरमा आयोपजत कार्यक्रममा उपप्रमुख आलमले बैंकले सामाजिक कार्यमा हातोमालो गरेको प्रशंसा व्यक्त गरे । बैंकले आगामी दिनमा महानगरपालिकासँग समन्वय गरी सामाजिक सेवा गर्ने उनले विश्वास जनाए ।
बैंकका शाखा प्रवन्धक राजीव कुमारको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका क्षेत्रीय प्रवन्धक दयाकान्त साह, उद्योगपति मुरलीधर रुगंटा, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडकासहितको उपस्थिति थियो ।