२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

रेष्टुरेन्ट व्यवसाय फस्टाउँदा देशको अर्थतन्त्र नै सुध्रिन्छ

ADV
२०८१ मंसिर ९ गते ०६:३५
रेष्टुरेन्ट व्यवसाय फस्टाउँदा देशको अर्थतन्त्र नै सुध्रिन्छ

रेष्टुरेन्ट र बारमा गएर खाना खाने संस्कृति विकास भएको धेरै समय भएको छैन । विशेषगरी शहरी क्षेत्रमा रेष्टुरेन्ट तथा बारको व्यवसाय बढ्दो छ । रेष्टुरेन्ट तथा बारमा पुग्ने युवा जनशक्ति धेरै जाने हुन्छ । कोरोनाअघि राम्रो व्यपार व्यवसाय रहेको रेष्टुरेन्ट तथा बार पछिल्लो समय व्यापार खस्किएको व्यवसायीहरू बताउँछन् । उपभोग गर्ने जनशक्ति देशबाहिर हुँदा समेत रेष्टुरेन्ट तथा बारको व्यवसाय मन्दीकै अवस्थामा छ । विदेशी र आन्तरिक पर्यटकको भरमा चलेका रेष्टुरेन्ट तथा बार व्यवसाय कसरी चलिरहेका छन भन्ने विषयमा रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) का अध्यक्ष संघर्ष बिष्टसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी । 

रेष्टुरेन्ट एण्ड बार व्यवसायको अवस्था कस्तो छ ? 

हाम्रोमा बाह्य र अन्तरिक पर्यटकको भरमा रेष्टुरेन्ट एण्ड बार सञ्चालन भएका छन् । जति हुनुपर्ने हो त्यति भएको छैन । कोभिडले थला परेको रेष्टुरेन्ट एण्ड बार व्यवसाय अझै अपेक्षितकृत रुपमा बढ्न सकेको छैन । कोभिडकालबाटै सुस्ताएको व्यवसायले फस्टाउन सकेको छैन । कोभिड सकिएपछि जुन गति व्यवसाय बढ्नु पर्ने थियो त्यो भएको छैन । रेष्टुरेन्ट एण्ड बारको व्यापार विस्तारको बिकल्प नेपालमा अब विदेशी पर्यटक भित्राउने र आन्तरिक पर्यटक प्रवद्र्धनको कार्यक्रम सञ्चालन गर्नु नै हो । 

पर्यटकहरू जति नेपाल भित्र्याउन सकिन्छ यो व्यवसायामा त्यति नै गति लिन्छ । तर, खर्च गर्न सक्ने पर्यटनको आगमन बढाउने नीति बनाउनतर्फ सरकारको केन्द्रित हुनु आवश्यक देखिन्छ । अर्काे नेपालमा फ्लाइट र सडक सुरक्षाको कारण पर्यटक बढ्न सकेका छैन । नेपाल आउने पर्यटकहरू समेत एयरलाइन्स चढ्न नै डराउने अवस्था छ । महँगो हवाइ टिकट र बाटोको अवस्थाको कारण आन्तरिक र बाह्य पर्यटकको जुन किसिमको चहलपहन हुनुपर्ने थियो त्यो हुन सकेको छैन । त्यसको असर रेष्टुरेन्ट एण्ड बारको व्यवसाय छ । 

काठमाडौंको ठमेलमा चौविसैघण्टा खुल्ला गरिएको छ । अन्य पर्यटकीय स्थानमा खोल्नका लागि  अब के गर्नुपर्छ ? 

अहिले जसरी ठमेलमा चौविसै घण्टा खुल्ला भएको छ, यसले विश्वभरी नै नेपालको राम्रो सन्देश गएको छ । विश्वमा नै दिउँसोमा भन्दा रात्रिकालीन व्यवसाय धेरै चल्ने र व्यापार बढ्ने समेत हुन्छ । दिनभरी घुम्ने रातमा रमाइलो गर्ने संस्कृति फैलिँदो छ । नेपालमा ठमेल बाहेक रातीमा कहीँ खानको लागि रेष्टुरेन्ट एण्ड बार खोज्यो भने हुँदैन । यसले पर्यटकका लागि असहज भएको छ । ठमेल चौविसै घण्टा खोल्दा नजिता राम्रो आएको छ । तर अझैपनि सुरक्षामा कम भएको हो की भन्ने गुनासो आइरहेको छ । साउण्डको समस्या, घरवेटीको समस्या भएको गुनासो आउँछ तर, त्यसलाई सम्वोधन गर्न सकिन्छ । दिनको समयमा हुने व्यवसाय भन्दा रातमा खुल्ने व्यवसायले अर्थतन्त्रलाई चलाउन धेरै नै सहयोग पुग्छ । अर्काे महत्वपूर्ण कुरा रोजगारी नै हो । अहिले जसरी विदेश जाने ट्रेन चलेको छ त्यो रोक्नको लागि देशका पर्यटकीय सहरहरु चौविसै घण्टा खोल्नुपर्छ । रात्रिकालीन रेष्टुरेन्ट एण्ड बारको योजना आउँदा रोजगारीको वातावरण बन्न सक्छ । 

रेष्टुरेन्टमा ग्राहकको आगमन कस्तो छ ? 

खाना र बस्नको लागि नेपाल सस्तो मुलुकमा पर्छ । सस्तो मुलुक हुँदाहुँदै पनि विदेशी पर्यटक नेपाल आउने वातावरण हामीले बनाउन सकेका छैनौं । रेष्टुरेन्ट एण्ड बार राम्रो हुँदा देशको अर्थतन्त्र नै सुध्रिन्छ । अब व्यवसायमैत्री वातावरण बनाउने हो भने स्वदेशी र विदेशी ग्राहकको संख्या बढ्छ । अहिलेको अवस्थामा नेपाल पर्यटकको लागि महँगो गन्तव्य बनेको छ । त्यसको मुख्यकारण हवाई टिकट नै हो । खाना र बस्न भन्दा पनि यात्राको क्रममा भाडा धेरै खर्च भइरहेको छ । जसको असरस्वरूप पर्यटकले खानेकुरामा गर्ने खर्चमा कन्ट्रोल भएको देखिन्छ । आउन जान नै महँगो हुँदा खर्च गर्नको लागि छुट्याएको बजेट भाडा मै खर्च गर्नुपर्ने बाध्यता देखिन्छ । यस्तो समस्या आन्तरिक र बाह्य पर्यटक दुवैमा छ । 

रेष्टुरेन्ट एण्ड बारमा भ्याट लाग्ने गरेको छ । यसले कस्तो असर परेको छ ? 

भ्याट देशको लागि आवश्यक हो । व्यवसाय गर्नेले भ्याट तिर्नु पनि पर्छ तर, यहाँ भ्याटको दायरा बढाउने विषयमा ध्यान दिइएको छैन । केही व्यवसायीले भ्याट तिर्ने र केहीले नतिर्ने समस्या छ । भ्याटको दायरा बढ्न सकेको छैन । नेपालमा ३० प्रतिशत भ्याट तिर्ने व्यवसायी होलान तर, अरु ७० प्रतिशतमा छैन । त्यसैले सरकारले रेष्टुरेन्ट एण्ड बारमा न्यूनतम भ्याट लिएर भएपनि सबैलाई दायरामा ल्याउन सक्छ । अहिलेको भ्याट दरलाई रेष्टुरेन्ट एण्ड बारमा आधा घटाउन सकिन्छ । 

आन्तरिक पर्यटकको कारण रेष्टुरेन्ट एण्ड बारलाई कत्तिको फाइदा भएको छ ? 

सडकको अस्वथाको कारण देशभित्र नै मानिसहरूको मुभमेन्ट निकै कम छ । आन्तरिक अर्थतन्त्र चलायमान नहुँदा त्यसको असर देखिएको छ । अधिकांश व्यवसाय क्षेत्र शिथिल अवस्थामै छन् । मानिसहरू खर्च गर्न आनाकानी गर्नु पर्ने बाध्यता छ । कोभिड भन्दा अघि खर्च गर्ने रमाइलो गर्ने, जमघट गर्ने माहोल थियो । अहिले ४ वर्ष यता त्यो अवस्था अझै बनेको छैन । सरकारले समेत आन्तरिक अर्थतन्त्र चलायनमान गराउनका लागि दिर्घकालीन योजना नल्याउँदा समस्या भएको हो । भारत र चीनमा आन्तरिक पर्यटकले अर्थतन्त्र चलायमान भइरहेको छ । हाम्रोमा भने खर्च गर्न सक्ने युवा जनशक्ति बाहिर छ । खर्च गर्ने कोही छैन । अब विस्तारै वातावरण बन्छ की भन्ने आशावादी बन्नुको विकल्प छैन । नेपाली खानेकुरालाई ब्राण्डिङ गरी विश्वमा पु¥याउन सके रेष्टुरेन्ट एण्ड बारको भविष्य उज्वल छ ।

ADVADV

सम्बन्धित खबर

Advertise