२०८२ भदौ २४ गते मङ्गलवार / Sep 09 , 2025 , Tuesday
२०८२ भदौ २४ गते मङ्गलवार
Ads

अशान्त मधेश, मुख्यमन्त्रीको राजीनामा  

पर्सादेखि धनुषासम्म कर्फ्यु, पूर्व प्रधानमन्त्रीदेखि बहालवाला सांसदको घरमा आगजनी

shivam cement
मध्यान्ह
२०८२ भदौ २४ गते १४:२८
अशान्त मधेश, मुख्यमन्त्रीको राजीनामा  

धर्मेन्द्र कुमार साह 
रौतहट : जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरी दमनपछी प्रतिकारमा उत्रेका स्थानीयहरूको प्रदर्शनको कारण मधेश प्रदेश अशान्त बनेको छ  l बिहानैदेखि सुरु भएको आन्दोलन दिउसो झन् उग्र बन्दै गएपछि मधेश प्रदेशका अधिकांस जिल्लाहरुमा कार्फ्यु लगाइएको छ l 

पर्सा, बारा,रौतहट, सर्लाही, धनुषालगायतका जिल्लाहरूमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ l दिउसो १२ बजेपछी अनिश्चित कालसम्मको लागि कर्फ्यु जारी गरे पनि प्रदर्शनकारीले भने सडक छोडेका छैनन्  l प्रदर्शन गाउँ गाउँ सम्म फैलिएको छ  l यसै बीच मधेश प्रदेशका मुख्यमन्त्रि सतिस कुमार सिंहले राजीनामा दिएका छन्  l उनले सामाजिक संजाल फेसबुकमार्फत देशमा जारी आन्दोलनलाई सरकारले गम्भिरतापूर्वक नलिएको भन्दै राजीनामा दिएका हुन् l उनलाई पार्टीले राजीनामा दिन निर्देशन दिएको बुझिएको छ l 

आन्दोलनकारीको पहिलो  निसाना नेताको घर
बिहानैदेखि प्रदर्शनमा उत्रेका आन्दोलनकारीको प्रथम निसाना नेताको घर छ l रौतहटमा पूर्व प्रधानमन्त्री माधव नेपालको चन्द्रपुरस्थित घरमा आक्रमण गरी आगो लगाइएको छ l चन्द्रपुरमै रहेको रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का सांसद देव तिमिल्सिनाको घरमा समेत आगो लगाइएको छ l 

चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्लेको घरमा तोडफोड गरिएको छ l आन्दोलनकारीले जनकपुरमा रहेका रघुवीर महासेठको घरमा आगो लगाइदिएको छ l नेतासंगै दलका कार्यालय तथा सार्वजनिक कार्यालय समेत निसानामा परेका छन् l प्रदर्शनकारीहरूले मधेश प्रदेश मुख्यमन्त्रीको कार्यालयमा पथाराव गरेका छन्  l 

प्रदर्शकारीहरूले रौतहटमा रहेका नेकपा एमाले,नेपाली कांग्रेस,माओवादीलगायतका दलका कार्यालयमा आगजनी गरेक्का छन्  l यस्तै जिल्ला स्थित रहेका अधिकांस सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरिएको छ l गौर र चन्द्रपुर नगरपालिका कार्यालय, जिल्ला ट्राफिक कार्यलय, डिभिजन बक कार्यालय, नाप कार्यलयलगायतका कार्यालयहरूमा आगजनी गरिएको छ l  

यसअघि आन्दोलनको दोस्रो दिन मंगलवार बिहानैदेखि रौतहट जिल्लाको बिभिन्न भागमा युवा विधार्थी संगै स्थानीय नागरिक आन्दोलनमा उत्रेका हुन्  l आन्दोलनकरीहरूले ठाउँ ठाउँमा टायर बाली अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन्  l प्रदर्शनकारीहरूले गौर चन्द्रनिगाहपुर सडकखण्डको इद्रिसगेट, कटहरिया, पिपरा लगायतको ग्रामिण बस्तीमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन्  l 

पूर्व पश्चिम महेन्द्रराजमार्गको चन्द्रनिगाहपुरमा विधार्थीहरूले बिहानैदेखि प्रदर्शन उग्र बनाएका छन्  l  स्थानीयहरूले चन्द्रपुर नगरपालिका भवनमा आगजनी गरेको छ  l युवाहरूको समूहले चन्द्रपुर नगरपालिका भावनामा आगो लगाउनुको साथै नगरपालिका परिसरमा राखिएका गाडी तथा मोटरसईकलहरूमा आगो लगाइदिएको थियो  l चन्द्रनिगाहपुरमा पटक पटक झडप हुदा दर्जनौ राउण्ड अश्रु ग्यासको गोलि र रबरको गोलीप्रहार गरेको थियो  l

ADV

सम्बन्धित खबर

Advertise