२०८१ मंसिर ११ गते मङ्गलवार / Nov 26 , 2024 , Tuesday
२०८१ मंसिर ११ गते मङ्गलवार

कपिलवस्तुमा हज सचेतना कार्यक्रम सम्पन्न

ADV
अर्जुन बेल्बासे
२०८१ मंसिर ११ गते २१:११
कपिलवस्तुमा हज सचेतना कार्यक्रम सम्पन्न

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरमा नेपाल हज समितिको आयोजनामा हज सचेतना कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा प्रमुख अतिथि   प्रतिनिधि सभा सदस्य मंगलप्रसाद गुप्ताले हजको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वबारे चर्चा गर्दै हज यात्रुलाई व्यवस्थित र सुरक्षित बनाउन यस्ता कार्यक्रमको आवश्यकता हुने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य सेराज अहम फारुकीले हज यात्रुहरूलाई स्वास्थ्य, भिसा प्रक्रिया, र यात्राका अन्य प्राविधिक पक्षमा सचेत रहन  सचेतना कार्यक्रमले टेवा पुर्‍याउने जिकिर गरे ।

कार्यक्रममा मुस्लिम  आयोगका सदस्य  मिर्जा अर्सद बेगले हज यात्रामा अपनाउनुपर्ने  स्वास्थ्य सुरक्षा र नियमबारे  बताए । उनले हज यात्रासम्बन्धी आवश्यक तयारी, कागजात व्यवस्थापन, र साउदी अरेबियाका कानुनी व्यवस्थाबारे जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले हज यात्रा सुरक्षित बनाउन यस्ता कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताए । 

हज यात्राको अवसर सबैलाई मिल्दैन हज यात्राको अवसर मिल्न सत्कर्म गर्नुपर्ने बताए । हाजी भएपछि सत्कर्मको भावना अझै बढ्नुपर्छ । भेदभाव र कुरूती–विसंगतिहरू हटाउन हजयात्रीहरूले अभियानकै रूपमा लाग्नुपर्ने  उनले बताए । 

कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले नगरपालिकास्तरमा हज गर्न जाने नगरका नागरिकलाई  सचेतनाका कार्यक्रम सञ्चालन गर्ननगरपालिका तयार रहेको बताए । 

हज समितिका अध्यक्ष इश्रा मुल्लाह मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवानेता अकरम पठान र रहिस शाहलगायतका व्यक्तिहरूले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । 

अध्यक्ष मियाले हज समितिले यात्रुहरूको समस्याको समाधानका लागि सक्रिय भूमिका खेलिरहेको बताए । 

यस वर्ष साउदी सरकारले नेपाललाई हज यात्राका लागि १,२०० कोटा उपलब्ध गराएको छ । अहिले हजको अवधि  ४५ दिन बाट घटाएर ३२ दिनको बनाएको बताए । अवधि घटाएसँगै शुल्क पनि घटाएको उनले बताए ।

नेपाल हज समितिका प्रवक्ता मिर्जा रासिद बेगको सञ्चालनमा  सम्पन्न कार्यक्रममा  हजयात्रीहरूलाई हज यात्रा गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू र समस्याहरू समाधान गर्नको उपायबारे जानकारी गराइएको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise