काठमाडौंः वातावरण संरक्षणमा जनचेतना जगाउने उदेश्य्सहित मोरङ जिल्ला उर्लाबारी नगरपालिका वडा न ३ मंलबारेका युवा सन्तोष गिरीले मेची महाकाली साइकल यात्रा पूरा गरेका छन् । भण्डै एक महिनामा साइकल यात्रा पूरा गरेका सन्तोषको टिमले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उदेश्यसमेत राखेको थियो ।
‘मानवता बचाउ’भन्ने अभियानका साथ जहाँ–जहाँ साइलयात्रामा पुगे त्यहाँ त्यहाँको स्थानीय निकाय, स्थानीय संघसंस्थाको समन्वयमा रक्तदान कार्यक्रमको पनि आयोजना गरे । जसलाई नेपाल रेडक्रस सोसाईटीले पनि सहयोग गरेको थियो । सन्तोषको टोली विश्व साइकल यात्री अजित बराल, सन्देश सुवेदीको टोलीले साइकल यात्रा गरेको हो ।
सूचना प्रविधिका विद्यार्थी रहेका सन्तोषले हेराल्ड कलेज, नक्सालबाट आइटीमा स्नातक समेत गरेका छन् । नेपालमा विभिन्न भौगोलिक, राजनीतिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रलाई प्रवद्र्धन गर्ने साइकल यात्रा उदेश्य रहेको सन्तोष भनाई छ । मेची महाकाली साइकल यात्राको सफलता पछि पनि सन्तोषले ‘आइ डेर नो’ ड्रग भन्ने कार्यक्रममा सहभागि हुन् काठमाडौंदेखि पोखरासम्म साईकल यात्रा गरे त्यस्तै सेभ ग्लोबल वामिङ भन्दै काठमाडौं चितवन हँुदै हेटौंडासम्म साइकलमै पुगे र बीच–बीचमा वृक्षारोपण समेत गरे । सन्तोषले वातावरण संरक्षणको लागि भन्दै काठमाडौंबाट बनेपा कासिभञ्जयाङसम्म साइकल यात्रा गरेर दर्जनांै बिरुवा रोपे । सो क्रममा निम एभोकार्डो, बर, पिपल लगायतका बिरुवा रोपे ।
आन्तरिक पर्यटन प्रवद्र्धनमा साइकल पर्यटनको विकाश गर्ने सन्देश दिन पनि साइकल यात्रा गर्ने गरेको सन्तोष भनाई छ । नेपालमा साइकल चलाउनेहरुलाई गरिब हो भनेर सोच्नु वा आर्थिक हैसित कमजोर भएकाहरुले मात्रै साइकल चलाउँछन् भन्ने चिन्तन रहनु गलत बुझाई भएको सन्तोषको भनाई छ ।
समाजको लागि केही गर्नुपर्छ भन्ने हुटहुटी भएका सन्तोषले जब अजित बराल भटे त्यसपछि उनलाई साइकल यात्राको माध्यमबाट पनि समाजलाई सकारात्मक सन्देश प्रवाह गर्न सकिने ठानेर साइकल यात्रामा जुटेको बताए । मेची महाकाली साइकल यात्राको क्रममा सन्तोषको टिमले साइकल यात्रा मात्र गरेन स्थानीय संघ संस्था र रेडक्रस्रको सहयोगमा एक दर्जन भन्दा बढी स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरी ५५८ युनिट रगत जम्मा गरे । जुन संकलित रगतबाट सयौंको जीवन समेत बचाउन सकिएको सन्तोषको भनाई छ ।
यात्राका क्रममा उनीहरुले बिर्तामोड, दमक, उर्लाबारी, धरान, जनकपुर, हेटौंडा, बुटवल, कपिलवस्तु, दाङ, तुल्सीपुर, नेपालगञ्ज, महेन्द्रनगर लगायतका विभिन्न शहरमा रक्तदान कार्यक्रम गरेका थिए ।
दुर्घटनामा रगतको अभावमा धैरेले ज्यान गएको कुरालाई मध्येनजर गदै रक्तदान कार्यक्रमलाई पनि साइकल यात्रासँगै जोडेर लगेको सन्तोषको भनाई छ । रक्तदान यात्राको सफलता र गिरीको सकारात्मक प्रभाव पार्ने निरन्तरको प्रयासले धेरैलाई प्रेरित गरेको छ ।
सन्तोषका अनुसार साइकल चलाउँदा वातावरण प्रदर्शन नहुने, पेट्रोल नचाहिने हुँदा पैसापनि बचत हुने तथा मानिसको स्वास्थ्य पनि राम्रो हुन्छ । साइकलमा नेपालको राष्ट्रिय झण्डा बोकेर राष्टिय एकताको सन्देश समेत प्रवाह गरेको साइकल यात्री गिरीको भनाई छ । साइकल यात्रामा निस्किएका सन्तोषले अरुले सजिलै प्राप्त गर्न नसक्ने सफलता र अनुभव हात पारेका थिए । आफ्नो छुट्टै र आकर्षक परिचय बनाएका उनले आफूले जुन कार्य गरेपनि साइकल यात्रालाई भने कहिल्यै नछोडने बताए ।
नेपाल ओलम्पिक कमिटी साईकिलीङ प्लेयरको परिचय पत्र समेत पाएका सन्तोषले युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद अन्तर्गत प्रदेश युवा क्लव सञ्चालका सदस्य समेत हुन् । सन्तोषको बिहानीको यात्रा साइकलबाट शुरु हुन्छ । नेपालका लागि साइकल यात्री तथा सामाजिक अभियन्ताका रुपमा परिचित सन्तोषको धेरैजसो साइकल यात्रीसँग सम्बन्ध पनि बनाएका छन् ।
पछिल्लो समय उनी पर्यटन प्रवद्र्धनमा पनि त्यत्तिकै सक्रिय छन् । सबैलाई साइकल चढ्न उनी आह्वान पनि गर्छन । अहिलेको काठमाडौंको समस्या विषाक्त वायु प्रदुषण, ध्वनी प्रदूषण, भयाभह सडक दुर्घटना, विकराल ट्राफिक जाम यी यावत समस्याले समाधान साइकल यात्राले मात्र समाधान गर्न सक्ने सन्तोषको बुझाई छ । गाउँमा होस् या सहरमा साइकल संस्कृतिको विकास गर्नुपर्ने आवश्यकता रहेको सन्तोषको भनाइ छ । यसमा सरोकारवाला सबै अग्रसर भएर लाग्न आवश्यक रहेको उनको जोड छ ।
शहरलाई स्वस्थ बनाउन शहरलाई सुन्दर बनाउने आन्दोलन हो’ उनले भने, ‘यो साइकल र्याली मात्र होइन । साइकल मैत्री शहरको परिकल्पनामा जोड दिनु अहिलेको आवश्यकता हो । यसले मानव स्वास्थ्य मात्र हैन वातावरण प्रदूषणलाई समेत कम गराउँछ ।
सन्तोष लगायको टिमको साइकल अभियान सफल बनाउन नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी, पेन्क कस्टम, कान्तिपथ साइकल सोसाइटीका विभिन्न स्थानका कमिटीहरु स्थानीय क्लव संघ संस्था तथा आम सर्वसाधारणको सबैको साथ रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies