जनकपुरधाम : सप्तरी जिल्लाका छिनमस्ता गाउँपालिकाको एक सामुदायिक विद्यालयमा कार्यरत शिक्षक सत्येन्द्र मण्डलको दाँत दुख्ने समस्या उत्पन्न हुँदा दाँतका डाक्टरसँग उपचार गराएर औषधी सेवन गर्न थालेका थिए । तर, उनको दाँतमा रहेको दुखाइ ठीक हुनको बदला बढ्दै गयो । शिक्षक मण्डलको मनमा सन्तुष्टि भएन । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा कार्यरत एक चिकित्सक उनको नातामा पर्नेसँग परामर्श गर्दा मण्डललाई उनले चितवनमा नै बोलाइयो ।
भरतपुर क्यान्सर अस्पतालमा शिक्षक मण्डलको मुखबाट मासु निकालेर ‘वायप्सी’ गर्दा क्यान्सर रोग ठहर भयो ।
उनले शिक्षा पेशामा रहेका सप्तरी राजविराज बस्ने पुष्पेन्द्र यादवसँग आफ्नो रोग बारेमा जानकारी गराए । प्राध्यापक पुष्पेन्द्र यादवले शिक्षक मण्डललाई सल्लाह दिए, ‘तपाई सिधैँ जनकपुरधामस्थित बेला गाउँको गोविन्द चोकमा जानु होला । त्यस चोकमा एक जना होमियोप्याथी डाक्टर उपेन्द्र साह रहेका छन् ।’
तपाई सिधा जनकपुरधाम– भिठ्ठामोड बाटोमा रहेको बेला गाउँ स्थित डा.साहसँग कागज पत्र हेराउनु होला र उनले भनेगरी औषधी खानु होला भन्दै रोग निको हुने प्राध्यापक यादवले बताए ।
प्राध्यापक यादवले शिक्षक सत्येन्द्रलाई भने,‘मलाई क्यान्सर हुँदा भरतपुरको चिकित्सकले सबै अनुसन्धान गरे र भने,‘तपार्ईंलाई केमो चढाउनुपर्छ ।’
सल्लाह अनुसार केमो चढाउन लगाए । तर, अन्तिम पल्टको केमो लगाउनु भन्दा अघि उनको पेट फुल्यो, जिउ पहिलो भएर सुन्नियो । उनलाई देखेर चितवनका चिकित्सकले अस्पतालबाट डिस्चार्ज गरिदियो ।
कुरुवालाई चिकित्सकले भने,‘अब यो एक आधा महिना जति मात्र बाँच्न सक्ने भएकोले घरमा जे–जे खानको लागि भन्छ, सबथोक खान दिनु ।’ तर, त्यहिका एक जना चिकित्सकले तपाई एकपल्ट जनकपुरधाममा रहेका होमियोप्याथी चिकित्सक उपेन्द्रसाहसँग सम्पर्क गर्नुहोला भनेर सल्लाह दिनुभयो ।
उनका सुझाव अनुसार डा.उपेन्द्र साहसँग उनले हेराए । उनी आफ्नो पेशामा फर्किसकेका छन् ।
प्रा.पुष्पेन्द्रले दिएको सल्लाह अनुसार शिक्षक सत्येन्द्र चिकित्सक उपेन्द्र साह कहाँ पुगे । उनले रोगको बारेमा सबैथोक डा. उपेन्द्र साहलाई बताए । चिकित्सक साहले भने, ‘यो होमियोप्याथी औषधी हो, यो औषधी खाँदा अमिलो र चिल्लो खानेकुरा, चिया, हरियो खुर्सानी नखानु,काँचो प्याज र काँचो लसुन बिल्कुलै नखानु ।’
चिकित्सक साहले के खानुपर्ने र के नखानुपर्ने भनेका कुरा स्वीकार गर्दा शिक्षक मण्डलको लागि औषधी बनाएर दिए । शिक्षक मण्डलले पाएको सल्लाह अनुसार औषधी सेवन गर्दै जाँदा उनको क्यान्सर रोग विस्तारै निको भयो ।
शिक्षक मण्डल भन्छन्, ‘डा.साहले बताएर अनुसार हालसम्म औषधी सेवन गर्दै आएको छु । साथै तीन तीन महिनामा ‘वायप्सी’ गराउँदै छु । त्यसमा निगेटिभ पाउँदै आएको छु ।’
उनका नातेदार चिकित्सकले दिएको सल्लाह अनुसार शिक्षक मण्डल भारतको मुम्बईस्थित सुविख्यात टाटा क्यान्सर अस्पतालमा वायप्सी जँचाउन पुगेको उनले बताउँदै थपे,‘त्यहाँको रिपोर्टमा पनि निगेटिभ ठहर भएको छ ।’
डा. उपेन्द्र साहले एड्स रोगको लागि तयार पारेको औषधी नै क्यान्सर रोगीलाई खुवाउँदै आएको बताए । उनी भन्छन्,‘सिरहा जिल्लाको पारिपटी भारतको विहार राज्यका मधुबनी जिल्ला लदनिया थानाको झनौल बस्ने वर्ष २६ को बासुदेव रायलाई लिभर क्यान्सर भएको रहेछ ।’ उनी यही औषधी सेवन गर्दा निको भएको उनले बताए ।
डा. साहले मिर्गौला रोगीको पनि उपचार गरेको बताए । ‘सोे रोगी हालसम्म निरोगी रहको देखिन्छ’ उनले भने । उनका अनुसार प्रेसर र चिनी रोगीको सफल उपचार होमियोप्याथी चिकित्समा रहेको छ । होमियो चिकित्सक डा. उपेन्द्र साह भन्छन्,‘ होमियोप्याथी पद्धतिमा आकस्मीक रोगहरुको समेत उपचार रहेको छ । तर, त्यसको लागि अस्पतालको आवश्यकता हुन्छ ।’