२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नकबापछि ६० लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित

ADV
रासस
२०८१ असार ६ गते १७:३०
नकबापछि ६० लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित

रामल्लाह : सन् १९४८ को नकबा (प्यालेस्टिनीहरूको हिंसात्मक विस्थापन) पछि जबर्जस्ती विस्थापित भएकाहरूको दुर्दशालाई उजागर गर्दै प्यालेस्टाइन र डायस्पोरामा प्यालेस्टाइन शरणार्थीहरूका लागि राहत तथा सहयोगका लागि काम गर्ने संयुक्त राष्ट्रसंघीय निकाय (यूएनआरडब्ल्यूए) ले हालसम्म ६० लाखभन्दा बढी व्यक्तिले शरणार्थीका रूपमा आफूलाई दर्ता गरेको खुलासा गरेको छ । 

सन् २० मा संयुक्त राष्ट्रसंघको महासभाले स्थापना गरेको विश्व शरणार्थी दिवस ( जुन २०) का अवसरमा यूएनआरडब्ल्यूएले जनवरी २०२२ सम्ममा आफ्नो अभिलेखमा करिब ५९ लाख दर्ता भएका प्यालेस्टिनी शरणार्थी रहेको उल्लेख गरेको छ ।

यीमध्ये करिब २५ लाख मानिस वेस्ट बैंक र गाजा पट्टीमा बस्छन् । यो संख्या कूल प्यालेस्टिनी शरणार्थी जनसङ्ख्याको करिब ४२ प्रतिशत  हो । यसमध्ये वेस्ट बैंकबाट १५ प्रतिशत र गाजाबाट २७ प्रतिशत विस्थापित भएका हुन् । 

अरब देशहरूमा दर्ता भएका शरणार्थीहरूको वितरणको विस्तृत विवरण दिँदै यूएनआरडब्ल्यूएले लगभग ४० प्रतिशत प्यालेस्टिनी शरणार्थीहरू जोर्डनमा, आठ प्रतिशत लेबनानमा र १० प्रतिशत सिरियामा रहेका बताएको छ । 

यी आँकडाले प्यालेस्टिनी शरणार्थीहरूको न्यूनतम सङ्ख्यालाई प्रतिनिधित्व गर्छ । विस्थापितको तथ्यांकले दर्ता नभएका शरणार्थीहरूको अस्तित्वलाई स्वीकार गर्छ । यो गणनामा सन् १९४९ पछि  १९६७ को युद्धसम्म विस्थापित भएकाहरूलाई समावेश गरिएको छैन र सन् १९६७ को युद्धका क्रममा विस्थापित भएका प्यालेस्टिनीहरूको पनि लेखाजोखा गरिएको छैन । उनीहरू सुरुमा शरणार्थी थिएनन् ।

ADVADV

सम्बन्धित खबर

Advertise