सिरहा : सिरहा जिल्लाको अर्नमा गाउँपालिकामा ह्विलचियर वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष अशोक कुमार यादवले अपांगता भएका व्यक्तिहरुलाई ह्विलचियर वितरण गरेका हुन् ।
अपांगता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवस मंगलबार विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।
समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
अर्नमा गाउँपालिकाले अपांगता भएका व्यक्तिहरूलाई ३३ औँ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा २५ जनालाई अपांगलाई ह्विलचियर वितरण गरिएको हो ।
कार्यक्रम प्रमुख अतिथि अर्नमा गाउँपालिका अध्यक्ष यादवले अपांगता भएका व्यक्ति पनि समाजका सचेत नागरिक भएकाले उनीहरुको जीविकोपार्जनका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताए । अपांगता भएका व्यक्तिहरु शारीरिक रुपमा अपांग भएपनि उनीहरुमा बौद्धिक क्षमता उच्च रहेको कसैले पनि उनीहरुलाई हेयको दृष्टिकोणले हेर्न नहुने बताए ।
कार्यक्रम विशिष्ट अतिथि अर्नमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दौर्पती यादव रहेका थिए । त्यस्तै अतिथिमा अर्नमा गाउँपालिका वडा नं.२ का र वडा नं.३ को वडाध्यक्ष र वडा नं.४ को वडाध्यक्ष र वडा नं.५ को वडाध्यक्ष र विभिन्न पार्टीका प्रतिनिधिहरू र स्थानीयहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता अर्नमा गाउँपालिका उपाध्यक्ष रेखा साहले गरेकी थिइन् ।