२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

खाद्य र कृषि संगठनद्वारा गहुँ र मसुरोको बिउ वितरण

draupadi film
मनु यादव निरज
२०८१ मंसिर २२ गते २१:५०
खाद्य र कृषि संगठनद्वारा गहुँ र मसुरोको बिउ वितरण

सिरहा : खाद्य र कृषि संगठन(एफएओ) नामक गैरसरकारी संस्थाले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका  वडा नं. २, ३ र ४ वडाहरुका गहुँ र मसुरोको बिउ वितरण गरेको छ । २९ वटा कृषक समुहका ८ सय ७० जना किसानहरुलाई उन्नत जातका गहुँ र मसुरो बिउ वितरण गरिएको हो । 

यूएनको रुइ कार्यक्रम अन्तर यस पालिकाको ग्रामीण भेगमा बसोबास गरेका निम्न स्तर भएका किसानहरूलाई समुहगत हिसाबले सिजन अनुसारको बिउ विजन, मलखाद्य लगायत विषादी समेत विगत ३ वर्षदेखि विवरण गर्दै आइरहेको छ । यसलाई निरन्तरता यस वर्ष पनि स्थानीय सरकारको मेहनतले यो कार्यक्रम सञ्चालनमा रहेको संस्था प्रतिनिधिले जनाएका छन् । 

गाउँपालिकाका अध्यक्ष केदारनाथ यादब र उपाध्यक्ष निलम यादवले यस पालिकामा किसानै किसानले भरिएको क्षेत्र रहेको भन्दै निम्न स्तरको किसान ग्रामीण क्षेत्रमा बसोबास गरिरहेकोले उनीहरूको जीवनस्तर माथि उकास्न र नागरिकलाई खाद्य संकटबाट जोगाउन  किसान वर्गीकरण कार्ड वितरण गरी पालिका भरिमा जम्मा ८ सय ७० जना किसानलाई यस कार्यक्रममा समावेश गराइएको बताए । 

अर्को प्रसंगमा अध्यक्ष यादवले किसानको उन्नति, प्रगति स्थानीय सरकारको विकास भएको भन्दै यस्तै सेवा सुविधा हरेक किसानले पाए भने आफ्नो  नेतृत्वको स्थानीय सरकार अगाडि बढि रहेको समेत बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise