२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

गण्डकीको रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय

ADV
मध्यान्ह
२०८१ मंसिर २४ गते १३:५७
गण्डकीको रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय

काठमाडौँ : नेपाली कांग्रेसले समानुपातिक तर्फको रिक्त गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ ।

कांग्रेस कार्यसम्पादन समितिको बैठकले रिक्त स्थानमा स्याङ्जाकी थापालाई सिफारिस गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले बताए ।

कांग्रेससबाट समानुपातिक सांसद विमला गौचनको केही समयअघि मृत्यु भएको थियो । गौचनको मृत्युपछि कांग्रेसले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सांसद पदमा  थापालाई पठाउने निर्णय गरेको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise