२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

पत्रकार महासंघ सिरहा शाखा अध्यक्षमा यादव दाेस्राे पटक निर्वाचित

draupadi film
मनु यादव निरज
२०८१ मंसिर २९ गते १५:२०
पत्रकार महासंघ सिरहा शाखा अध्यक्षमा यादव दाेस्राे पटक निर्वाचित

सिरहा : नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्षमा मनाेज बनैता यादव पुनः निर्वाचित भएका छ्न् । शुक्रबार सम्पन्न निर्वाचनमा बनैता अन्य २ जना उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका हुन् । 

७५ मत रहेको सिरहा शाखामा बनैताले ३३ मत प्राप्त गरी विजयी हुँदा राम बाबु यादवले ३० मत र हिरालाल चाैधरीले १२ मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्ष पदमा रोयाण्टर मण्डल ३० मत प्राप्त गरी विजयी भएका छ्न् । सचिवमा मुकेश यादव २७ मतका साथ निर्वाचित भएका छ्न् । 

त्यस्तै कोषाध्यक्षमा ३४ मतका साथ शुभनारायण कामती विजयी हूँदा समावेसी सहसचिवमा २७ मतका साथ धर्मेन्द्र कुमार पासमान, सहसचिवमा ४० मतका साथ एलिना हिमाङ्ग विजयी भए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise