२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

होर्डिङ बोर्ड तोडफोड

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ पुष ५ गते २०:०८
Shares
होर्डिङ बोर्ड तोडफोड

गौर : गौर भन्सार कार्यालयले रौतहटको विभिन्न नाकाहरूमा चार पांग्रे सवारी रोक लगाएको भन्दै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले होर्डिङ बोर्ड तोडफोड गरेका छन् । 

ncell

नेपाल–भारत चार पांग्रे आवत–जावतमा रोकको सूचनासहितको होर्डिङ बोर्ड सीमावर्ती क्षेत्रमा राखिएको थियो ।

No description available.

परोहा नगरपालिका वडा नं ९ रामपुरखापस्थित वर्षौदेखि सहजरूपमा आवत–जावत भइरहेको कार्यलाई प्रतिबन्ध गर्न खोजिएको हुनाले सदरमुकाम गौरबाट नेकपा एसका नेता रेवन्त झा, लोसपा सह–महासचिव अनिल कुमार सिंह, समाजसेवी रामेश्वर राय यादवको टोलीसँगै वडाध्यक्ष मोहम्मद कपिल अन्जुम, नेकपा एसको मेयर प्रत्यासी मो.अब्दूल्लाह लगायतको समूहले होर्डिङ बोर्ड तोडफोड गरेका हुन् ।

आइतबार भन्सार कार्यालय गौर अगाडि विरोध कार्यक्रम समेत आयोजना गरिने जनाइएको छ । 

सम्बन्धित खबर