२०८१ पुष ९ गते मङ्गलवार / Dec 24 , 2024 , Tuesday
२०८१ पुष ९ गते मङ्गलवार

छोटी भन्सार सञ्चालन गर्न माग गर्दै ज्ञापन पत्र

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ पुष ८ गते २१:३१
छोटी भन्सार सञ्चालन गर्न माग गर्दै ज्ञापन पत्र

रौतहट : जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटले नेपाल–भारत सीमावर्ती क्षेत्रका चार पांग्रे सवारी आवत–जावत गर्न नदिएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

जिल्लामा २००७ सालदेखि नै छोटी भन्सार ईशनाथ नगरपालिका वडा नं.२ औरैया, वडा नं.४ लतमरी, परोहा नगरपालिका वडा नं.९ रामपुरखाप, बौधीमाई नगरपालिका वडा नं ७ बंकुल, राजदेवी नगरपालिका वडा नं.८ लक्ष्मीपुर बेलबिछवायीमा नेपाल–भारत सीमानाबाट चार पाङ्ग्रे सवारी साधन आवत–जावत हुँदै आएको थियो । तर केही दिनदेखि उक्त सीमानाबाट सवारी साधान आवत–जावत बन्द गरिएको छ । 

जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटले सोमबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाउँदै उक्त सीमा नाका खोल्न माग गरेको हो । 

‘नेपाल–भारतको खुला सीमाना भएकाले दुई देशबीच बेटीरोटीको सम्बन्ध रहेको कुरा सर्वविदितै छ । सो सम्बन्धमा र आपसी भाइचारा, सद्भाव कायम रही रहोस् भन्ने धारणासहित आवत–जावत तथा छोटी भन्सारहरु तुरुन्तै सञ्चालन गर्नुपर्ने देखिन्छ’ ज्ञापन पत्रमा भनिएको छ ।  

जनमत रौतहट जिल्ला इन्चार्ज शेख जमसैदको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । समस्या तुरुन्तै समाधान नभए जस्तोसुकै संघर्ष गर्न तयार रहेको पार्टीले जनाएको छ । 

भन्सार सञ्चालनमा नआए अनशनको घोषणा

रौतहट क्षेत्र नं. २ (क) का जनमत पार्टीको विधायक प्रत्याशी मोहम्मद आलम (उर्फ बाबू साहेब)ले आफ्नो क्षेत्रमा रहेको छोटी भन्सार सञ्चालन नभएको विषयमा गम्भीर असन्तोष व्यक्त गर्दै आमरण अनशन बस्ने घोषणा गरेका छन् । मोहम्मद आलम उर्फ बाबू साहेबका अनुसार, उक्त भन्सार सञ्चालन नहुँदा स्थानीय आर्थिक गतिविधिमा असर परिरहेको छ । व्यवसायी, व्यापारी र सर्वसाधारणले व्यापारिक सहजीकरणमा समस्या भोगिरहेको र यसले रोजगारका अवसरहरूमा पनि कमी ल्याएको उनले बताएका छन् ।

। उनले स्थानीय प्रशासन र सरकारलाई पटक–पटक यस विषयमा ध्यानाकर्षण गराए पनि समस्या समाधानतर्फ कुनै ठोस पहल नभएको कारण अनशनको निर्णय लिएको बताए । अब यस विषयले स्थानीयस्तरमा मात्र होइन, राष्ट्रिय चासोसमेत लिनुपर्ने आवश्यकता औंल्याइएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise