२०८१ पुष १४ गते आइतवार / Dec 29 , 2024 , Sunday
२०८१ पुष १४ गते आइतवार
Ads

प्यूठान ऐरावतीमा कांग्रेस सम्मेलन : पार्टीभित्रको गुट, उपगुट हटाउन आग्रह

ADV
सुर्य प्रसाद भुसाल
२०८१ पुष १३ गते २०:५८
प्यूठान ऐरावतीमा कांग्रेस सम्मेलन : पार्टीभित्रको गुट, उपगुट हटाउन आग्रह

प्यूठान : नेपाली कांग्रेसको केन्द्रीय रणनीति अनुसार ७ सय ५३ वटै स्थानीय तह र सबै वडाहरुमा सय दिने अभियान सञ्चालन गरिरहेको छ । सय दिने अभियानमा पार्टीको आन्तरिक सुदृढीकरणसँग सबै तहमा पार्टीको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधि र पार्टी समितिबीचको समन्वय समिति समेत निर्माण गरी संगठनलाई चलायमान बनाउने कांग्रेसको मुख्य रणनीति  अनुसार कार्यक्रमलाई तीव्रता दिएको नेताहरु बताउँछन् ।

यसैबीच प्यूठानमा पनि सय दिने अभियानलाई तीव्र  पारिएको कांग्रेस प्यूठानले जनाएको छ । कतिपय जिल्लाका प्रतिनिधि वडामा खटिएर वडाको अभियानमा लागि परेका छन् भने जिल्ला स्तरको नेतृत्व स्थानीय तह केन्द्रित भएर सम्मेलन गर्दै पार्टी सुदृढीकरणको दौडधुपमा छन् । नेपाली कांग्रेस प्यूठानले सरुमारानी, माण्डवी र ऐरावती गाउँपालिकामा पालिका सम्मेलन सम्पन्न गरिसकेको जिल्ला सभापति बिष्णु कुमार गिरीले मध्यान्हलाई जानकारी दिए । 

शुक्रबार ऐरावती गाउँपालिकामा अभियान सम्पन्न गरिएको हो । अभियान सफल बनाउन केन्द्रीय सदस्य  नेपाली कांग्रेसका  खेलकुद विभाग प्रमुख उमेशचन्द्र रायमाझी, प्यूठानका वडा, पालिका टोलमा पुगेर संगठन निर्माणमा लागेका छन् । कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पार्दै रायमाझीले  नेपाली कांग्रेस बुथ कमिटीदेखि वडा र पालिका हुँदै क्षेत्र एवम् जिल्ला तहसम्म सबै चलायमान हुन जरुरी रहेको बताए  । पार्टीको क्रियाशिल सदस्यता वितरणदेखि पार्टी निकटका भातृ तथा शुभेच्छुक संगठनलाई समेत सक्रिय बनाउन अभियानले सार्थकता पाउने आफूले विश्वास लिएको रायमाझीले बताए । 

उनले भने‘कांग्रेसको सिद्धान्त, विचार र आदर्श बुझेर सदस्य बनौं र बनाऔं । कांग्रेसले स्थापना कालदेखि विभिन्न समयमा कठिन परिस्थितिमा देश र देशको स्वाभिमान जोगाउन लडिरहेको छ । तर सरकार कांग्रेसको नीति अनुसार चलेपनि पूर्णकालिन एकल नेतृत्व लिन सकेको छैन । त्यसैले जनताले सास्ती खेपिरहेका छन् ।’

पार्टीको गुटगत र राजनीतिलाई हटाउन विधान संशोधन गर्नुपर्ने उनको तर्क छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोबिन्दराज पोख्रेलले सरकार अस्थिर हुँदै जाने ढल्ने र बनाउने खेलले देशको अर्थतन्त्र कमजोर भएका कारण मुख्य दुई दल कांग्रेस र एमाले मिल्नु परेको बताए । 

उनले भने  ‘चुवाव  धेरै खर्चिलो पनि भयो, सरकार बनाउने र ढाल्ने खेलले अर्थतन्त्र बिग्रिँदै गएको छ । तसर्थ संविधान संशोधनका लागि दुईदलबीच संयन्त्र  बन्दैछ ।’ उनले आगामी निर्वाचन एक्लै लड्ने तयारीमा लाग्न कार्यकर्तालाई आह्वान समेत गरेका थिए । ऐरावती सम्मेलन पालिका सभापति अमर रेस्मी मगरको अध्यक्षतामा भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise