२०८१ पुष १८ गते बिहिवार / Jan 02 , 2025 , Thursday
२०८१ पुष १८ गते बिहिवार
Ads

शैक्षिक सुधारमा ध्यान दिन आग्रह

ADV
मनु यादव निरज
२०८१ पुष १४ गते २१:१०
शैक्षिक सुधारमा ध्यान दिन आग्रह

सप्तरी : सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नं. ५ मा रहेको श्री चन्द्रा नमुना माध्यमिक विद्यालयको ६८औँ वार्षिकोत्सव सम्पन्न भएको छ । 
शैक्षिक क्षेत्रमा उत्कृष्ट क्रियाकलाप गर्दै नमुना विद्यालय बन्न सफल यस विद्यालयले विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्व मनाएको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्व कुमार सिंह यादवको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि यादवले ६८ वर्ष अगाडि आजकै दिन तत्कालिन राजा श्री ५ महेन्द्र वीरविक्रम शाहदेवले विद्यालयको शिलान्यास गरेको स्मरण गराए । 

बोदेबरसाइन क्षेत्रका समाजसेवी स्वर्गीय शत्रुधन प्रसाद सिंह यादवले दान गरेको १ सय ६१ विघा, ३ धुर ६.५ आना जग्गा विद्यालयको नाममा दिएका उनले बताए । 

यादवले भने,‘तत्कालिन समयमा दरभंगा, मधुबनी लगायत भारतको विभिन्न ठाउँमा यहाँका स्थानीयलाई पढ्न जाने बाध्यता रहेकाले मेरो बुबा स्व. शत्रुधन प्रसाद सिंह यादवले शिक्षारूपी अन्धकारलाई हटाउन शिक्षा क्षेत्रमा लगानी गर्नु भएको थियो ।’

यादवले अहिलेको जमनामा शिक्षा बिना मानिसको जीवन चल्न नसक्ने बताए । कार्यक्रममा सम्बोधन गर्दै यादवले अहिलेको समयमा शिक्षाको महत्वका विषयमा जोड दिएका थिए । उनले शिक्षा हासिल गर्नु पवित्र कार्य मात्र नभएर मानिसलाई सभ्य बनाउन समेत महत्व रहेको बताए । 

कार्यक्रमको विशिष्ट अतिथि बोदेबरसाइन नगरपालिकाका नगर प्रमुख तथा दाता परिवार सदस्य आतेश कुमार सिंह यादव, दाता परिवारका सदस्य तथा प्रा.वि. बोदेबरसाइन वि.व्य.स. अध्यक्ष मुकेश कुमार सिंह यादव, बोदेबरसाइन नगरपालिकाको नगर उपप्रमुख रेणु कुमारी साह, अतिथि वडा नं.५ का वडाध्यक्ष मो.मोजिवुर रहमान, प्रधानाध्यापक गौरी शंकर चौधरी, विद्यालय व्यवस्थापन समितिका सदस्य लगायतले संस्थापकदाता स्व.शत्रुघ्न प्रसाद सिंह यादवले गरेको योगदानको चर्चा गरेका थिए । 

विशिष्ट अतिथि साहले शैक्षिक सुधारका लागि जिल्लामा महत्वपूर्ण काम भएको बताए । उनले त्यसमा सहकार्य गर्नको लागि आफुहरु निरन्तर लागि परेको साहले बताए । 

उनले विद्यालयले विभिन्न किसिमका प्रविधिहरुको प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । समारोह कार्यक्रमलाई सम्बोधन गर्दै बोदेबरसाइन नगरपालिकाका उपनगरप्रमुख रेणु कुमारी साहले विद्यालयलाई अझै नमुना बनाउन सुझाव दिइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise