एजेन्सी : लकडाउनका कारण नेपालमा अलपत्र परेका ३ सय २ जना अमेरिकी आज स्वदेश फर्केका छन् । अमेरिकी पर्यटकलाई लिएर कतार एयरवेजको वाइडबडी बिमान त्यसतर्फ प्रस्थान गरेको हो ।
जहाजमा काठमाडौंमा अलपत्र परेका अमेरिकी, विभिन्न एजेन्सीमा कार्यरत कर्मचारी तथा ग्रिनकार्डबाहक नेपाली रहेका छन । दोहाबाट उनीहरु कतारकै अर्को विमानमा अमेरिकाको राजधानी वासिङ्टन डिसी जाने कतार एयरवेजको काठमाडौं कार्यालयले जनाएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकका लागि कतार एयरवेजको विमान चार्टर गरेको हो । कतारले यसअघि फ्रेन्च र जर्मन दूतावासका लागि काठमाडौंवाट तीनवटा चार्टर उडान गरिसकेको छ ।
लकडाउनका कारण अलपत्र परेका अष्ट्रेलिया र न्यूजिल्याण्डका पर्यटकलाई लिएर नेपाल वायुसेवा निगमको वाइडबडी विमान भोलि दिउँसो मलेसिया हुँदै अष्ट्रेलियाको ब्रिसबेन जाँदैछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies