२०८१ पुष २२ गते सोमवार / Jan 06 , 2025 , Monday
२०८१ पुष २२ गते सोमवार
Ads

संघीयतालाई मजबुत बनाउन आवश्यकः नेता निधि

ADV
कमल साह
२०८१ पुष १९ गते २०:५४
संघीयतालाई मजबुत बनाउन आवश्यकः नेता निधि

जनकपुरधाम : पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अब राष्ट्रमा आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक विकासका लागि लोकतान्त्रिक गणतन्त्र तथा संघीयतालाई मजबुत बनाउन आवश्यक रहेको बताएका छन् । 

नेपाल पत्रकार महासंघ धनुषा शाखा र नेपाल पत्रकार महासंघ मधेश प्रदेशको सम्पन्न निर्वाचनबाट विजयी संचारकर्मीहरुको सम्मानमा शुक्रबार आयोजित  कार्यक्रममा नेता निधिले संविधान संशोधन हुनुपर्ने आवश्यकताबारे संचारमाध्यमबाट सुझाव दिन आग्रह गरे । 

जनकपुरधाममा आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा उनले संघीयतालाई मजबुत बनाउन प्रदेशमा निजामती कर्मचारी तथा प्रहरी चाँडो समायोजन हुनुपर्ने र त्यसका लागि पनि संविधान संशोधन हुनुपर्ने बताए ।

संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका साथै गणतन्त्रलाई बलियो बनाउन नवनिर्वाचित पत्रकार महासंघको नेतृत्वले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

सो समारोहमा नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंहले प्रदेशबाट नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित नेपाल पत्रकार महासंघका सबै तहका पदाधिकारीहरूलाई स्वागत गरेका थिए । 

उक्त कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रामकृष्ण यादव, मधेश प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभाका सदस्य रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह र उपप्रमुख किशोरी साह, नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, उपसभापति  गणेश झा लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise