२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

पत्रकार महासंघमा निर्वाचित मधेसका पत्रकारहरुलाई सम्मान

shivam cement
कमल साह
२०८१ पुष २१ गते १७:५५
Shares
पत्रकार महासंघमा निर्वाचित मधेसका पत्रकारहरुलाई सम्मान

जनकपुरधामः नेपाल पत्रकार महासंघको हालै सम्पन्न भएको निर्वाचनमा निर्वाचित भएका पत्रकारहरुलाई नेपाली कांग्रेस मधेश प्रदेश प्रचारप्रसार समितिले सम्मान गरेको छ ।

नेपाली कांग्रेस मधेश प्रदेशको जनकपुरधामस्थित कार्यालयमा आइतबार आयोजित कार्यक्रममा मधेश प्रदेशको आठ वटै जिल्लामा नेपाल प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट निर्वाचित भएका पदाधिकारीहरुको सम्मानमा विभागले बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा मधेश प्रदेशका सभापति एवं पूर्वमन्त्री कृष्णप्रसाद यादवले लोकतन्त्रको आधार स्तम्भ नै पत्रकारिता क्षेत्र भएको बताउँदै पत्रकारिता क्षेत्र कमजोर भएमा लोकतन्त्र कमजोर हुने बताए । लोकतन्त्र बलियो बनाउन निरन्तर रुपमा निर्भिक भएर कलम चलाई समाजलाई विकासको पथमा रुपान्तरित गर्दै अघि बढ्ने दायित्व पत्रकारहरुको काँधमा रहेको उनकाे भनाइ छ । साथै निर्वाचित सबैको कार्यकाल सुखद् एवं सफलतापूर्वक वितोस भनि उनले बधाई तथा शुभकामना दिए ।

यस्तै कार्यक्रमका मधेश प्रदेशका उपसभापति एवं पूर्वमन्त्री विरेन्द्र प्रसाद सिंहले पत्रकार समाजको ऐना भएको भन्दै समाजलाई विकसित एवं स्वच्छ बनाउन पत्रकारको भूमिका महत्वपूर्ण रहेको औंल्याए । 

मधेश प्रदेश सरकारमा अर्थमन्त्री रहेका सुनिलकुमार यादवले कार्यक्रममा बाेल्दै मधेश प्रदेशलाई अन्य प्रदेशको दाँजोमा सम्मुन्नत बनाउन पनि संचारकर्मीहरुबाट आउने सुझावलाई सकारात्मक रुपमा लिएर अघि बढ्ने विश्वास प्रकट गर्दै नेपाली कांग्रेसलाई बलियो बनाउनमा पत्रकारको अग्रिणी भूमिका हुनुपर्ने बताए ।

सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सांसद नागेन्द्र साह, महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादव, नेका मधेश प्रदेशका कोषाध्यक्ष सुर्य थापाले नवनिर्वाचित नेपाल पत्रकार महासंघ शाखा तथा मधेश प्रदेशका पदाधिकारुहरुलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिए । कार्यक्रममा मधेश प्रदेशका पर्सा, वारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा निर्वाचित भएका पदाधिकारीहरुको उपस्थिति रहेको प्रचार प्रसार विभाग प्रमुख गुप्ताले जानकारी दिए ।

सम्बन्धित खबर