२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गढीमाई नगरपालिकाले ल्यायो ५९ करोड ५० लाखको बजेट 

ADV
ओमप्रकाश यादव
२०८१ असार १० गते १६:४६
गढीमाई नगरपालिकाले ल्यायो ५९ करोड ५० लाखको बजेट 

रौतहट : रौतहटको गढीमाई नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ५९ करोड भन्दा बढी बजेट पेस गरेको छ । गढीमाई नगरपालिकाको ११ औं नगरसभामा सोमबार बजेट पेस भएको हो ।
 
नगरपालिकाको सभाकक्षमा सोमबार भएको ११ औं नगरसभाबाट नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ५९ करोड ५० लाख १ हजार रुपैया बजेट ल्याएको हो ।

नगरसभामा नगर प्रमुख श्याम प्रसाद यादवले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न अनुमानित आय व्यय सहितको सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख श्याम प्रसाद यादवले बताए ।

मधेश प्रदेशका पूर्व भौतिक पुर्वाधार विकास मन्त्री एवं नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्य तथा गढीमाई नगर प्रमुख श्याम यादवको अध्यक्षतामा नगरसभा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव, प्रशासन शाखा प्रमुख नागेन्द्र यादव, सम्पूर्ण सबै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise