२०८१ पुष २६ गते शुक्रवार / Jan 10 , 2025 , Friday
२०८१ पुष २६ गते शुक्रवार
Ads

सरकारले लुकाउनुपर्ने कुनै पनि सूचना छैन : मुख्यमन्त्री कँडेल

ADV
कुलेन्द्र शाही
२०८१ पुष २६ गते १२:२३
सरकारले लुकाउनुपर्ने कुनै पनि सूचना छैन : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकारले सूचना लुकाउनुपर्ने गरी कुनै पनि काम नगरेको बताएका छन् । शुक्रबार सुर्खेतमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरूबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सरकारले गरेका काम जति धेरै जनताको माझ पुराउन सक्यो त्यति नै गलत प्रवृत्तिको अन्य हुने बताए ।

प्रदेश सरकार सुशासन र पारदर्शिता कायम गर्न र भ्रष्टाचारको अन्त्य गरि समाजमा देखिएका विकृति र विसंगति अन्त्य गर्ने काममा लागेको हुनाले सरकारले लुकाउनुपर्ने कुनै सूचना नभएको मुख्यमन्त्री कँडेलको भनाइ थियो । सरकारले गरेका राम्रा कामको सही रुपमा प्रचार नहुँदा जनताले केही नगरेको जस्तो बुझ्ने गरेको मुख्यमन्त्री कँडेलले उल्लेख गरे । 

उनले भने, 'जनतालाई सूचना दिने कुराबाट प्रशासनिक संयन्त्र भाग्ने अवस्थाको अन्त हुनु पर्छ।' सही सूचना दिँदा कहाँ कसले के कमजोरी गरेको छ भनेर जनताले थाहा पाउने हुँदा कमजोरी गर्नेले समयमा सच्चिने अवस्था आउने मुख्यमन्त्री कँडेलको दाबी थियो । कार्यक्रमा सहभागी प्रदेश सरकार र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरूलाई सत्य सूचना नागरिकलाई दिन समेत मुख्यमन्त्री कँडेलले निर्देशन दिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise