२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विद्यार्थीसँग नगरप्रमुख कार्यक्रमले विद्यार्थीहरुमा उत्साह

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार ११ गते १९:५३
विद्यार्थीसँग नगरप्रमुख कार्यक्रमले विद्यार्थीहरुमा उत्साह

अर्घाखाँची : सन्धिखर्क नगरपालिका अर्घाखाँचीले विद्यालयका विद्यार्थीसँग नगरप्रमुख कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।  

नगरपालिकाभित्र रहेका विद्यालयमा देखिएका समस्यासँगै विद्यार्थीहरुले भोग्दै आएका व्यवहारिक कुरालाई नीतिगत रूपमा समाधान गर्ने उद्देश्यले नगरपालिकाले विद्यालयका विद्यार्थीसँग नगरप्रमुख कार्यक्रम सञ्चालनमा ल्याएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

सन्धिखर्क नगरपालिकाभित्र रहेका जनज्योती माध्यमिक विद्यालय, भगवती माध्यमिक विद्यालय, ज्ञानप्रकाश माध्यमिक विद्यालय, विजय माध्यमिक विद्यालय, युवा वर्ष रवी चित्र माध्यमिक विद्यालय, अर्घा रजस्थल माध्यमिक विद्यालय, आदर्श माध्यमिक विद्यालय   लगायत नगरपालिकाभित्रका सामुदायिक निजी विद्यालयका विद्यार्थीहरुले विद्यालयमा भोग्दै आएका समस्या समाधान गर्नेतर्फ नगरपालिका र जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउँदै गुनासा व्यक्त गरेका थिए ।

विद्यार्थीहरुले आफुहरुमा भएको अन्तरनिहित क्षमताको पहिचान गरी बालबालिकालाई समग्र क्षेत्रमा सहभागी गराइ सुन्दर भविष्य निर्माणका लागि सहयोग गर्न अनुरोध गरेका थिए । विद्यालयका विद्यार्थीसँग नगरप्रमुख कार्यक्रममार्फत विद्यार्थीहरूले भोग्दै आएका समस्या, स्थानीय सरकारप्रति विद्यार्थीले गरेको अपेक्षा, विद्यालयमा देखिएका समस्याको नीतिगत तहबाट समाधान र बालबालिकाको मनोवल बढाउनु कार्यक्रमको उद्देश्य रहेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

स्थानीय सरकार जनताको घरनजिकको सरकार भएकाले आम नागरिकले भोग्दै आएका समस्याको पहिचान गरी नीतिगत तवरबाट समाधान गर्नु स्थानीय सरकारको प्रमुख दायित्व हुने भएकोले नगरपालिकाले विद्यार्थीको गुनासो सुन्न कार्यक्रम आयोजना गरिएको श्रेष्ठले बताए । ‘स्थानीय सरकारसँग जनताका धेरै अपेक्षा छन् । विद्यार्थीका समस्या सुन्न यो कार्यक्रम अघि बढाएका हौँ’, नगरप्रमुख श्रेष्ठले भने । 

विभिन्न विद्यालयमा सञ्चालन हुँदै आएको कार्यक्रमका बारेमा विद्यार्थीबाट जानकारी लिन  नगरपालिकाले कार्यक्रमलाई अगाडि बढाइने नगरप्रमुख श्रेष्ठले दाबी गरे ।

विद्यालयमा विद्याथीहरुले नयाँ कुरा सिक्ने अवसरबाट आफूहरू वञ्चित हुनुपरेको नगरप्रमुखसँग गुनासो गर्दै यस्ता समस्या समाधानमा स्थानीय सरकारले चासो देखाउनुपर्ने जोडदार माग गरे । कक्षाकोठा अभाव, शौचालयको समस्या, शुद्ध पिउने पानी अभाव, नयाँ कुरा सिक्नलाई प्रयोगशाला अभाव सेनेटरी प्याड व्यवस्थापन जस्ता समस्याको समाधान कहिलेसम्म हुन्छ भन्दै  विद्यार्थीहरुले नगरप्रमुख श्रेष्ठलाई प्रश्न गरेका थिए ।

बालबालिकाको प्रश्नको जवाफ दिँदै नगरप्रमुख श्रेष्ठले विद्यार्थीका समस्या नगरपालिकाले सम्बोधन गर्ने बताउँदै विद्यार्थीको प्रश्नले आफु गम्भीर बनेको बताए ।

नगरपालिकाले पहिलो चरणको कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका ३५/३६ सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागीतामा कार्यक्रम गरिएको नगरपालिकाका उपप्रमुख मिश्र आचार्यले बताइन् । विद्यालय तहदेखि विद्यार्थीहरुलाई जागरूक गर्दै लैजान नगरपालिकाले विद्यार्थीसँग नगरप्रमुख कार्यक्रम नीतिगत तहमा अघि बढाएको नगरपालिका शिक्षा अधिकृत मन्जु आचार्यले बताइन् ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका भित्रबाट एसईई  परीक्षामा ४ जिपिए प्राप्त गर्ने गौरीशंकर बोडिङ स्कुलका विद्यार्थी करण भुसाल र अभिषेक गैरेलाई नगद १० हजारसहित सम्मान गरिएको थियोे भने विएलइ परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियोे । कार्यक्रममा गौरीशंकर बोर्डिङ स्कुलका प्रिन्सिपल गणेश क्षेत्री, भगवती माध्यमिक विद्यालयका शिक्षक पदम पन्थी, शिव बेल्वासे लगायतका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise