२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

ठाडी बजारमा बसपार्क नहुुँदा सास्ती

ADV
मनु यादव निरज
२०८१ असार ११ गते २०:५१
ठाडी बजारमा बसपार्क नहुुँदा सास्ती

सिरहा : सिरहा भगवानपुर गाउँपालिका वडा नं.४ ठाडी बजारमा बस पार्क नहुँदा यात्रुहरुले सास्ती खेप्ने गरेका छन् । 

ठूलो र व्यवस्थित बसपार्क नहुँदा लहान ठाडी चल्ने यातायात र  बाहिरबाट पर्यटक लिएर ठाडी भन्सार कटाउने आउने यातायातका साधनहरुले आफ्नो साधन उपयुक्त किसिमले पार्किङ गरेर राख्न पाएका छैनन् । 

ठाडी बजारको सडक पार्किङ स्थान बनेको छ । त्यही पनि त्यस सडकमा करिब १०/१५  वटा मात्र ठूला बसहरु सडकमा पार्किङ गरेर राख्न सकिन्छ । सडकमै पार्किङ गरेर राखिएको हँुदा यसले आवतजावत गर्ने अन्य सवारी साधनले झनै सास्ती बेहोर्नु परेको छ ।

यस विषयमा गाउँपालिका अध्यक्ष उग्रनारायण यादव र वडा नं.४ का वडा अध्यक्ष राम कुमार यादवले कुनै चासो देखाएका छैनन् । 

ADVADV

सम्बन्धित खबर

Advertise