२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

ठाडी बजारबाट तस्करी फस्टाउँदै

ADV
मनु यादव निरज
२०८१ असार ११ गते २०:५२
ठाडी बजारबाट तस्करी फस्टाउँदै

सिरहा : सीमा सुरक्षाको जिम्मेवारी लिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयको साँठगाँठमा सिरहाको भगवानपुर वडा नं.४ ठाडी बजारबाट तस्करी फस्टाएको आरोप लागेको छ । 

नेपाल–भारतको खुला सीमानाको फाइदा उठाउँदै तस्करी कार्य गर्ने कारोवारी व्यापारीहरु यतिखेर सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयका कर्मचारीसँग साँठगाँठको आधारमा ठाडी मुख्य नाकाबाटै तस्करी गर्ने गरेको आरोप लागेको हो । 

ठाडी, मरिकटोल, अभयनगर लगायतका सीमानाकाहरुबाट दिनहुँ भन्सार राजस्व छलेर करोडौंको माल सामानहरु नेपाल भित्रिने कार्य तीव्र गतिमा भइरहेको छ । 

तर उक्त कार्य गराउनमा सीमा सुरक्षाको जिम्मेवारी लिएका भन्सार कार्यालयका कर्मचारी,  सशस्त्र प्रहरी र नेपाल प्रहरीको अपवित्र साँठगाँठको आधारमा निर्वाध रुपमा दैनिक लाखौं राजस्व चुहावट भइरहेको सो क्षेत्रका स्थानीयहरु बताउँछन् । 

तस्करहरु विना अवरोधको दैनिक करोडौंको मालसामानहरु ल्याउने गरेको भएपनि सर्वसाधारण जनताहरु विहे, ब्रतबन्ध, श्राद्ध लगायत विभिन्न प्रयोजनका लागि सीमापारीबाट मुख्य भन्सार भएर ल्याउँदा भन्सारसम्म आउन नपाउँदै र भन्सारका कर्मचारीहरूले सीमा खटिएका सशस्त्र प्रहरीले जबरजस्ती थुतेर जफत गर्दा सर्वसाधारणहरु सीमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट हैरान भइसकेका छन् । 

बेलुका ९ बजेदेखि ७ बजेसम्म तस्करहरुले चिनी, कपडा, किराना सामान, कष्मेटिक सामान, इलेक्ट्रिक सामान, स्पेयर पार्टस, सटिङसुटिङका कपडाहरु, साडी, भैंसी, राँगाहरु दैनिक रुपमा भारतबाट नेपाल भित्रिने गरेको छ भने नेपालबाट भारततर्फ अलैची, सुकमेल, कालो मरिच, सुपारी,चाइनिज स्याउ लगायतका सामानहरुको साथै गाई, गोरु लैजाने गरेको पाइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise