२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

निजामती कर्मचारी युनियन पाणिनीको दोस्रो अधिवेशन सम्पन्न

Nada
सूर्यप्रसाद भुसाल
२०८१ माघ ४ गते २२:१४
Shares
निजामती कर्मचारी युनियन पाणिनीको दोस्रो अधिवेशन सम्पन्न

अर्घाखाँची : नेपाल निजामती कर्मचारी युनियन स्थानीय कार्यसमिति पाणिनीको दोस्रो अधिवेशन दुर्गाफाँटमा सम्पन्न भएको छ । अधिवेशनले मेघराज पौडेलको अध्ययक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । जसको उपाध्यक्षमा गिता वाग्ले, प्रकाश भट्टराई, सचिवमा राजन महत्रा, सहसचिवमा मोहन महतरा, कोषाध्यक्षमा शालिकराम पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । 

ncell

सदस्यहरुमा शंकर विष्ट, यादव क्षेत्री, संगिता श्रेष्ठ, लक्ष्मी घिमिरे, माधव पोख्रेल, नवराज पोख्रेल चयन भएका छन् । सल्लाहकार समितिको संयोजकमा शेषकान्त घिमिरे, सदस्यमा धुव्रराज घिमिरे र माधवराज पोख्रेल चयन भएका छन् । 

अधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेस पाणिनीका सभापति तुल्सीराम पौडेलले निजामती कर्मचारीहरु जनताको पक्षमा काम गर्नुपर्ने बताउँदै राष्ट्र निर्माणमा निजामती कर्मचारीको भूमिका उल्लेखनीय रहेको बताए । नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य रुकेन्द्र पालुङ्गेले कर्मचारीहरु संगठित भइ कर्मचारीहरुको हक र हितमा काम गर्ने देशकै प्रमुख संगठन युनियन संघ रहेको बताए ।

कार्यक्रममा पाणिनी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष चन्द्रकान्त पौडेल, वडा नं. ३ का वडा अध्यक्ष युवराज ज्ञवाली, वडा नं. ६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेल, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत केशर खड्का, सिविए अर्घाखाँचीका अध्यक्ष कृष्ण वर्मा, निजामती कर्मचारी युनियनका  अध्यक्ष दिपक पाण्डे, पत्रकार महासघका  सहसचिव घनश्याम पौडेल लगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन पाणिनीका अध्यक्ष मेघराज पौडेलको अध्यक्षता, शालिकराम पाण्डेको स्वागत र राजन महत्राको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा कर्मचारी युनियनका नेताहरु  रमेश न्यौपाने, योगेश पन्थी,  मधु सुदन खनाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर