२०८२ साउन ३ गते शनिवार / Jul 19 , 2025 , Saturday
२०८२ साउन ३ गते शनिवार
Ads

अर्घाखाँची प्रहरीको ‘सर्च अप्रेशन’, १८ प्रतिवादी पक्राउ

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ माघ ७ गते २०:५६
अर्घाखाँची प्रहरीको ‘सर्च अप्रेशन’, १८ प्रतिवादी पक्राउ

अर्घाखाँची : अर्घाखाँची जिल्ला अदालतले सजाय तोकेर फरार सूचीमा  रहेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले धमाधम पक्राउ गर्न थालेको छ । 

जिल्ला अदालत अर्घाखाँचीले कैद भुक्तानको सजाय सुनाएका तर कैद भुक्तानी नगरी फरार रहेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले देशका विभिन्न स्थान र जिल्लाका ग्रामीण ईलाकाबाट पक्राउ गरेको हो । 

मानव बेचबिखन तथा ओसार–पसार, बैंकिङ कसुर, सवारी ज्यान, कुटपिट अंगभंग, वनमा आगलागी, चोरी, जवरजस्ती करणी, लागुऔषध, गर्भ संरक्षण लगायतका विभिन्न मुद्दामा अदालतले फैसला सुनाएका तर फरार रहेका १८ जनालाई पक्राउ गरी अदालतको आदेश अनुसार जेल चलान गरिएको  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए । 

पक्राउ गरेका उनीहरुलाई अदालतमा बुझाउने र अदालतले कैद भुक्तानीको लागि कारागार पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए ।

जिल्ला प्रहरी कार्यालयमा प्रमुखको रुपमा डीएसपी मल्ल आएपछि फरार प्रतिवादी  पक्राउ पर्ने कार्यले तीव्रता पाएको छ । लामो समय  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा अनुभव प्राप्त गरेका डीएसपी मल्लले भने, ‘अर्घाखाँचीका सबै गाउँटोल, बस्तीहरुमा प्रहरीहरु जिल्लाबाट,  इलाकाबाट, चौकीबाट खटाएका छौं । अहिले लुकिछिपी कागजमा देखिने तर गाउँ बस्तीमा काम गरेर बसेकाहरुलाई पक्राउ गरेका छौं ।’

कुनै पनि घटनामा सहभागी भएको शंका लागेका अभियुक्त उम्कन सक्ने सम्भावना नभएको मल्लले दावी गरे । प्रहरीका सादा पोसाक र बर्दीसहितका प्रहरी परिचालन हुने गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise