२०८१ माघ ८ गते मङ्गलवार / Jan 21 , 2025 , Tuesday
२०८१ माघ ८ गते मङ्गलवार
Ads

विद्यार्थीहरुलाई साइकल वितरण

hardik ivf
महमद सदाब
२०८१ माघ ७ गते २२:२०
विद्यार्थीहरुलाई साइकल वितरण

वीरगन्ज : चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी)ले वीरगन्ज महानगरपालिका वडा नं.१४ पिपरास्थित श्री नृसिंह माविमा छात्र, छात्राहरुलाई साइकल वितरण गरेको छ । सोमबार आयोजित कार्यक्रममा फाउन्डेसनले २०० जना छात्र छात्राहरुलाई साइकल वितरण गरेको हो ।

सीएफआरडीको यस परियोजनाअन्तर्गत पर्सा जिल्लाका चार विद्यालयका ४९६ विद्यार्थीलाई साइकल वितरण गर्ने लक्ष्य रहेको छ भने बाराका पाँच विद्यालयका ५०४ विद्यार्थी लाभान्वित हुने छन् ।

कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज नगरपालिकाका उपमेयर इम्तियाज आलमले ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच बढाउनका लागि साइकल वितरण गरेकोमा फाउन्डेसनप्रति आभार व्यक्त गरे ।

फाउन्डेसनका कन्ट्री डाइरेक्टर चौ चिच्याङले चीन ग्रामीण विकास फाउन्डेसन र हेलो इंकले सन् २०२१ देखि संयुक्त रूपमा यो परियोजना संचालन गरेको जानकारी दिए । उनले यसअघि परियोजना अन्तर्गत दुई देशमा साइकल वितरण गरिसकेको जानकारी दिँदै नेपाल तेस्रो देश रहेको बताए । 

भविष्यमा यो परियोजनाको लक्ष्य केबल साइकल प्रदान गर्नका लागि नभइ विद्यार्थीहरूलाई ठूला सपना देख्न र केही हासिल गर्न सशक्त बनाउन सहयोग गर्ने  रहेको उनले बताए ।

कार्यक्रममा विशिष्ट अतिथि नेपालस्थित चिनियाँ दूतावासका वाङ सिन रहेका थिए भने अतिथिहरु हेलो राइडका जनसम्पर्क प्रमुख झोउ जियान,
कल्याणकारी परिषद्का मनोज भट्टलगायत रहेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise