एजेन्सी : मध्य अमेरिकी देश कोस्टारिकामा वैवाहिक समानता सम्बन्धी कानून कार्यान्वनमा आएको छ । कानून कार्यान्वयनमा आएसँगै पहिलोपटक समलिंगी विवाह समेत भएको छ । महिला समलिंगी जोडीले कानून कार्यान्वयनमा आए लगत्तै विवाह गरेका हुन् ।
सो विवाह समारोह राष्ट्रिय टेलिभिजनमा समेत प्रशारण गरिएको थियो । राष्ट्रपति कार्लोस अल्भाराडोले कानूनमा भएको परिवर्तनले समलिंगीले पहिले नै पाउनुपर्ने अधिकार भर्खरै सुनिश्चित भएको भन्दै खुसी ब्यक्त गरेका छन् ।
वैवाहिक समानता कायम गर्ने कोस्टारिकामा पहिलो मध्य अमेरिकी देश हो । सन् २०१८ मा कोस्टारिकाको संवैधानिक अदालतले समलिंगी विवाहमा प्रतिबन्ध लगाउनु संविधान विपरित हुने फैसला गरेको थियो । त्यसपछि सरकारले नयाँ कानून निर्माण गरेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies