२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

बागमती नदीको स्पर मर्मतको माग

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ माघ ८ गते २१:२३
Shares
बागमती नदीको स्पर मर्मतको माग

रौतहट : रौतहट दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने बागमती नदीको स्पर मर्मत नहुँदा स्थानीय चिन्तित भएका छन् ।

ncell

असोज १२ गते आएको बाढीले वडा नम्बर २ भलोहिया र ३ मत्सरीका ३ वटा स्परमा क्षति पुगेको छ । १४ नम्बर स्पर करिव २०० मिटर पानीले बगाउँदा दुवैतर्फ खेती गर्ने कृषकहरु समेत मारमा परेका छन् ।  

स्थानीय रजनीश झाले प्रदेश सांसद इन्दु कुमारी साहसँग स्पर मर्मतको माग गरेका छन् । स्पर तत्काल मर्मत नहुँदा वर्षायाममा झन् जोखिम बढ्ने तथा बाढी आएपछि छेउको बस्ती नै बगाउने डर रहेकोले तत्काल मर्मत सम्भारको लागि पहल गरिदिन वडा नम्बर २ का वडाध्यक्ष सुरेश चौधरीले पनि प्रदेश सांसद साहसँग आग्रह गरे ।

वडाध्यक्ष चौधरीका अनुसार वडाको बजेटले नभ्याउने अवस्था रहेकोले प्रदेश सरकारमार्फत तत्काल मर्मत कार्यको लागि पहल गरिदिन प्रदेश सांसद साहलाई आग्रह गरिएको हो । प्रदेश सांसद साहले पनि स्पर मर्मतको लागि पहल गरिएको बताएकी छन् । 

जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रौतहटका प्रमुख भक्तलाल कर्णले सो कार्य बागमती तथा लाल बकैया नदी नियन्त्रण कार्यालय परवानीपुरको रहेको बताए । बाढीले स्परमा क्षति पुर्‍याएपछि प्रदेश सांसद साहको अनुरोधमा नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादव, अर्थमन्त्री सुनिल कुमार यादव तथा उर्जा सिँचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादव लगायतले सो ठाउँको अवलोकन गरेका छन् । 

सम्बन्धित खबर