२०८१ माघ १० गते बिहिवार / Jan 23 , 2025 , Thursday
२०८१ माघ १० गते बिहिवार
Ads

भन्सार विभागका अधिकृत भट्टराईलाई चेम्बरको सम्मान

hardik ivf
मध्यान्ह
२०८१ माघ ९ गते २१:४६
भन्सार विभागका अधिकृत भट्टराईलाई चेम्बरको सम्मान

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका शाखा अधिकृत गोपालप्रसाद भट्टराईलाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले शाखा अधिकृत भट्टराईलाई चेम्बरले सम्मान गरेको हो । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले प्रमाणपत्र एवं अर्थसचिव रामप्रसाद घिमिरेले दोसल्ला सहित शाखा अधिकृत भट्टराईलाई सम्मान गरेका थिए ।

भन्सार विभागमा उत्कृष्ट सेवा प्रवाह गरेकाले भट्टराईलाई ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । भन्सार विभागकै सिफारिसका आधारमा शाखा अधिकृत भट्टराइलाई सम्मान गरिएको चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए । भन्सार प्रशासनमा उत्कृष्ट सेवा गर्दै आएका कर्मचारीलाई भन्सार दिवसका अवसरमा चेम्बर अफ कमर्सले प्रत्येक वर्ष सम्मान गर्दै आएको छ । 

सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष अग्रवालले भन्सार प्रशासन सुधार मार्फत व्यापार सहजीकरण गरिनुपर्ने बताए । अध्यक्ष अग्रवालले भन्सार प्रशासन सुधार गर्दै सीमामा हुने चोरी पैठारीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । विश्व भन्सार संगठनबाट निर्धारित मुल्यांकन पद्धतीअनुसार भन्सारमा सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने अध्यक्ष अग्रवालको भनाइ छ । सवै प्रकारका हार्मोनिक कोडहरूमा अध्ययन पुनरावलोकन गरी १० डिजिटको हर्मोनिक कोड कायम गरिनुपर्ने अध्यक्ष अग्रवालले बताए । 

चेम्बरका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रशासनलाई प्रविधी मैत्री बनाउनुपर्नेमा जोड दिए । सीमाबाट हुने अवैध व्यापारलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले भन्सार मुल्याङकन वास्तविक भन्दा बढी हुँदा समस्या भएको बताए । भन्सारमा सन्र्दभ मुल्यलाई खारेज गरेर कारोबार मूल्यलाई मान्यता दिने हो भने राजस्व संकलन वृद्धि गर्न सकिने वरिष्ठ उपाध्यक्ष मल्होत्राले बताए । 

त्यस्तै, अर्थसचिव घिमिरेले सरकार र निजी क्षेत्र सँगै मिलेर आर्थिक सुधारमा लाग्नुपर्ने भएकाले नीतिगत अफ्ठ्याराहरू सहज बनाउँदै लगिने बताए । सरकारले आर्थिक क्षेत्रमा देखिएका जटिलता अन्त्य गर्नका लागि विभिन्न अध्यादेश ल्याएकाले निजी क्षेत्रको मनोवल उकासिनुपर्ने घिमिरेले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise