२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

Nada
२०८३ कार्तिक १८ गते ११:५३
Shares
राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

काठमाडौं : नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले तिहारलाई लक्षित गर्दै यही बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री गर्ने भएको छ । 

राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर यही बिहीबार र शुक्रबार बैंकको टक्सार महाशाखा बबरमहलबाट सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री वितरण गर्न लागेको जनाएको हो । 

राष्ट्र बैंकले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फीे एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अंकित) एक-एक थानका दरले बढीमा दुई थान प्राप्त गर्न सकिने जनाएको छ । सेवाग्रहीले राष्ट्र बैंकको टक्सार शाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म असर्फी र मेडालियन लिन सक्नेछन् ।

राष्ट्र बैंकले असर्फी तथा मेडालियन खरिदका लागि नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र वा उक्त कागजातको नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्ने जनाएको छ ।

असर्फी तथा मेडालियन खरिदको लागि नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । राष्ट्र बैंकले असर्फी तथा मेडालियनको मूल्य दैनिक रूपमा बिहानको करिब ११ बजेपछि निर्धारण हुने भएकाले मूल्य निर्धारणपश्चात् मात्र बिक्री हुने सूचनामार्फत जनाएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर